१. गत वर्ष संविधान घोषणा गर्ने मिति माघ ८ तोकिएको थियो र सबै जनता माघ ८ मा संविधान आउँछ भनी ढुक्क थिए। माघ ८ गते संविधान घोषणा भएन। संविधान घोषणा नहुँदा स्वभावतः जनता निराश बने। तर त्यसरी निराश बनेका जनतालाई के-कसरी उत्साही बनाउने भन्नेतिर कसैले ध्यान दिएका छैनन्।
२. संविधान कहिले बन्छ, अब त्यो अनिश्चय छ। जनताले त्यसको अकलन गर्न सकेका छैनन्। नेताहरू नै त्यसबारे बोल्न तयार छन्। नेताहरूमध्ये एक थरी प्रक्रियाका कुरा गरेर छिट्टै संविधान बनाउने कुरा झल्काई रहेका छन् भने अको पक्ष आन्दोलनका कुरा गरेर सहमतिमा संविधान बनाउन बाध्य पार्ने बताइरहेका छन्।
३. प्रक्रिया कहिले सुरु हुने हो र सहमतिमा बाध्य कहिले पारिने हो, यी दुबै कुरा निश्चित रुपमा भनिएको छैन। अरु त अरु देशका सवोर्च्च ओहदामा रहेका राष्ट्रपति डा. रामवरण यादव आफै पनि यसबारे निश्चित छैनन्। उनी आफैले पनि चीन जानु पूर्व आफ्नो तयारीको क्रममा त्यसबारे प्रश्न सोधेका छन्।
४. राष्ट्रपतिले आइतबार संविधान सभाका ठूला पार्टीका नेताहरूलाई बोलाएर त्यसबारे प्रश्न सोधेका थिए। उनले नेताहरूलाई चीनले संविधान कहिले बन्छ भनी सोधे के जवाफ दिने भनी प्रश्न गरेका थिए। उपस्थित कसैले पनि त्यस प्रश्नको सीधा उत्तर दिएनन्। उनीहरूले सीधा उत्तर नदिनुको मतलव संविधान कहिले बन्छ, त्यो अनिश्चय भएको बताएका छन्।
५. एमाओवादी नेतृत्वको मोर्चाले आन्दोलनको मुड बनाइसकेको छ। त्यस मोर्चाले पहिलो चरणको आन्दोलन सिध्याएर दोस्रा् चरणमा प्रवेश गरेको छ। आन्दोलन जति चर्कियो, उति त्यसले आफ्नो सफलता सम्झिने भएको छ। यही बेला संविधान सभा नमान्ने पार्टीरूले आगोमा घ्यू थप्ने काम गरिरहेका छन्।
६. अकोर्तिर जनजाति-आदिवासीहरू छन् जसले पहिचानको मुद्दालाई दृढतापूर्वक अपनाइ सकेका छन्। त्यहाँ पनि राजनीतिले प्रवेश गरिसकेको छ। स्थिति अरु पेचिलो र गम्भीर बन्दै गएको छ। केही बुद्धिजीवीले प्रदेशको नाम, संख्या र विभाजन सम्बन्धमा आफ्नो विचार सार्वजनिक गरेका छन्। तर त्यसलाई आफ्नै सुरमा अघि बढिरहेका पार्टीरूले वास्ता गरेका छैनन्।
७. यस्तो बेलामा सरकारमा बसेका पार्टीरूले विशेष किसिमले सोच्नु आवश्यक छ। सत्तारुढ पार्टीरूले जिम्मेवार भएर सोच्नु पर्दछ र आवश्यकता अनुसार लचिलो हुनु पर्दछ। उनीहरूले देश टुक्रयाउन दिन्नौं भनी आफ्नो अडान कायम राखेका छन्। तर देश टुक्राउन दिन्नौं भन्दै अरुलाई टुक्रयाउने स्थितिमा पुर्याउनु पनि हुँदैन। सत्तामा बसेपछि चारैतिर सोच्नु पर्दछ र सम्यक निर्णय लिएर अगाडि बढ्नु जरुरी छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१