१. सभामुख सुवास नेम्वाङले सहमतिका लागि राजनीतिक पार्टीरूलाई दिएको समय सीमा आज समाप्त हुँदैछ। हिजोसम्मको गतिविधि हेर्दा नेताहरूले संविधान बनाउने अवस्थामा पुग्लान् भन्नेमा शड्ढा छ। उनीहरूले सहमतिका लागि सकारात्मक कुरा गर्नुभन्दा आपसमा गालीगलौज र आलोचना गर्नमा बढी समय खेर फाल्दैछन्।
२. नेताहरू जनताको आँखामा छारो हाल्न कहिले सहमति गर्ने भनेर मिल्ला जस्तो गर्छन्। उनीहरू सहमतिका लागि सहमति गर्दछन्। अब गम्भीर बन्ने हो कि जस्तो देखाउँछन्। तर वास्तवमा उनीहरू भित्रैबाट गम्भीर भएका होइनन्। त्यस्तो प्रवृत्ति उनीहरूले पहिलो संविधानसभामा पनि देखाएका थिए भने अहिले पनि त्यही गर्दैछन्।
३. उनीहरूले प्रयोग गर्ने गरेका भाषा, शैली र तर्कहरू हिजो पनि त्यस्तै थियो भने अहिले पनि त्यस्तै छ। उनीहरू २/४ दिन आपसमा चको विरोध गर्दछन् र त्यसपछि फेरि नरम भएर सहमति गर्लान् कि झैं गर्दछन्। त्यसो गर्नु उनीहरूको स्वभाव नै भएको छ। उनीहरूले सधैँ भने जस्तो गरी बैठक गर्छन् तर बैठकको निचोड के हो, अब त त्यो पनि भन्ने गर्दैनन्।
४. संविधानसभाका अध्यक्ष नेम्वाङले नेताहरूलाई समय सीमा तोकेर यदि तिमीहरूले बनाउन सक्दैनौ भने आफूलाई स्वविवेकीय अधिकार प्रदान गरेमा आफूले १० देखि १४ दिनमा मस्यौदा तैयार गर्ने बताएका थिए। उनको भनाइले केही समय राजनीतिमा तर· उत्पन्न गरेको थियो। त्यस भनाइले केही होला कि भन्नेहरू थिए।
५. तर ठूला राजनीतिक पार्टीरूले त्यसमा शड्ढा व्यक्त गरे। एकीकृत माओवादीले पहिले त्यो भनाइको विरोध गरेको थियो भने सत्तामा नेतृत्व गरेको काङ्ग्रेस पार्टीे त्यसमा नकारात्मक कुरा देख्न थाल्यो। एमाओवादी र मधेसवादी दलहरू त्यसको विरोधमा थिए भने काङ्ग्रेसले पनि त्यस्तो नकारात्मक टिप्पणी गरेपछि सभाध्यक्ष नेम्वाङको भनाइ बीचैमा निस्प्रभावी भएको छ।
६. केही युवा सभासद्हरूले माघ ८ मा संविधान घोषणा गर्नुपर्नेमा जोड दिँदैछन्। त्यो उनीहरूको सकारात्मक कदम हो। तर उनीहरूको प्रयास के-कति प्रभावकारी होला, त्यो निश्चित छैन। फेरि तिनै युवाहरू पनि सबै एकै पक्षका छैनन्। उनीहरूले सहमति गर्नुपर्दछ भन्नेमा एकमत जस्तो गरेका छन् तर सहमति नभए के गर्ने भन्नेमा तिनीहरू विभाजित छन्।
७. बुढा नेताहरू भन्दा युवाहरू केही संवेदनशील भएका देखिएका छन्। तर सबै पार्टीका युवाहरू एकताबद्ध छैनन्। तिनीहरूमध्ये केहीले नेताहरूले ८ गते संविधान घोषणा नगरे संविधानसभामा अनसन बस्नेलगायतका कुरा गरेका छन्। तर व्यवहारमा उनीहरूले त्यो गर्न सक्लान् नसक्लान्, त्यो अहिले भन्न सकिँदैन। तर चानचुन चोटले फल झर्नेवाला छैन। यो सबैले बुझेका छन्।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१