१. यो मानिसको स्वभाव हो कि प्रत्येक मानिसले आफ्नो प्रगति देखाउने गर्दछ। संघसंस्थादेखि सरकारसम्मले आफ्नो प्रगति देखाउने गर्दछन्। मन्त्रि परिषद्का अध्यक्ष खिलराज रेग्मीको सरकारले पनि आफ्नो सय दिनको कार्यकालको प्रगति सार्वजनिक गरेको छ। सरकारको सय दिनको उपलब्धि भनी सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले उपलब्धि वाचन गरेर सुनाएका थिए।
२. यो सरकारको महत्त्वपूर्ण उपलब्धि यसले २०७० साल मंसिर ४ गते निर्वाचन घोषणा गर्नु हो। निर्वाचनको मिति घोषणा होला किन होला भनी अन्यौल भएको बेला सरकारले त्यो घोषणा गर्नु निश्चय नै एक उपलब्धि हो। तर यसभन्दा पहिलेको डा. बाबुराम भट्टराईको सरकारले दुर्इ पटक चुनावको मिति घोषणा गरेर पनि चुनाव गराउन नसकेको यथार्थ देख्नेहरुले यसमा पनि शंका गरिरहेका छन्।
३. मन्त्री पौडेलले सरकारले प्रगतिमा मुद्रास्फीर्ति दर एक अंक कायम भएको, विदेशी विनिमय सञ्चिति बढेको, राजस्व असुली वृद्धिदर उत्साहजनक रहेको उल्लेख गरेका छन्। यो कुनै पनि सरकारको धर्म हो कि त्यसले कहिल्यै आफ्नो पालामा नराम्रो भएको भन्दैन। व्यापार घाटा यति धेरै भएको छ कि त्यसको जिम्मेवारको हो समेत भन्न सक्दैन।
४. २००७ सालदेखि अहिलेसम्मका सरकारले कसैले पनि आफूले नराम्रो गरेको बताएका छैनन्। सबै प्रधानमन्त्री र अर्थमन्त्रीले आफूले राम्रो गरेको उल्लेख गर्ने गरेका छन्। तर व्यवहार हेर्दा हामीले त्यसको ठीक विपरीत पाउँछौं। छिमेकी भारत र चीन विकास गर्ने कहाँ पुगिसके हामी भने प्रगति भएको छ भन्दै जहाँको तही रहिरहेका छौं।
५. देशको विकास देखाउने उद्योगधन्दाको संख्या बढ्ने र ती उद्योगधन्दाको राम्ररी सञ्चालन गरेर हो। केही वर्षदेखि हामी कहाँ न उद्योगधन्दा बढेको छ, नकि भएका उद्योगधन्दाको सञ्चालन नै राम्ररी भएका छन्। बन्द हड्ताल र राजनीतिक कारण औद्योगिक उत्पादन ह्रास भएको छ। निर्यात व्यापार वृद्धि भएको छैन।
६. निर्यात बढ्न नसक्नु र आयात बढ्दै गएको परिणाम व्यापार घाटा प्रत्येक वर्ष बढ्दो छ। त्यसरी व्यापार घाटा बढ्नु खराब संकेत हो। केही वर्षदेखि हाम्रो अर्थतन्त्रले त्यो संकेत देखाइरहेको छ, तर त्यसलाई के कसरी पूर्र्ति गर्ने त्यसबारे कोही पनि गम्भीर छैनन्। सबैको ध्यान राजनीतिमा नै केन्द्रित छ। आर्थिक सुधारतिर कुनै पनि पार्टीर नेताले ध्यान दिएका छैनन्।
७. अध्यक्ष रेग्मीको नेतृत्वमा गठित यो सरकार मूलतः संविधानसभाको निर्वाचनका लागि अगाडि सारिएको हो। निर्वाचन निष्पक्ष, निर्भिक एवं शान्तिपूर्वक सम्पन्न गराउन सके त्यही नै यसको ठूलो उपलब्धि हुनेछ। त्यसकारण सरकार विभिन्न काम देखाउने प्रलोभनमा यताउता फसे भने निर्वाचनतिर ध्यान कम हुन सक्छ। त्यस्तो नहोस्। यसले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरोस्। यही हाम्रो आग्रह छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१