दमौली । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय र प्रदेश सरकारलाई सवल र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा स्थानीय तहलाई बलियो बनाउने कुरामा आफू सधैँ दृढ रहेको बताउनुभयो ।
मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “स्थानीय तहलाई सवल र सुदृढ बनाउँदै प्रदेशलाई नजिकको सरकार बनाउने र सङ्घ सरकार मूल आयोजनामा केन्द्रित हुने अठोट र सङ्कल्प विस्तारै कार्यान्वयन हुँदै गएको छ ।”
मुख्यमन्त्री अधिकारीले भाषणमा भन्दा काममा विश्वास गर्ने भएकाले गर्न सकिने कुरामात्रै बोल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जति सकिन्छ त्यति गर्ने हो । मुखले बोलेर मात्र हुँदैन । जति काम गर्न सक्छौँ, इमानदारीपूर्वक गर्छौं ।”
म्याग्दे गाउँपालिकाको हरेक कदममा गण्डकी प्रदेश सरकारको समर्थन रहने बताउँदै मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “खानेपानीको समस्या, बाटोको समस्या, सडकका समस्या स्थानीय तहले सम्पन्न गर्ने कुरामा सहजीकरण हुनेछ । प्रदेशले ध्यान पु¥याउने कुरामा गम्भीर छाँै ।” निर्माणाधीन पृथ्वीराजमार्ग ढिलाइप्रति आफूले अघिल्लो कार्यकालमै ध्यानाकर्षण गराएको र अहिले पनि आयोजनालाई छिटो काम गर्न निर्देशन दिइसकेको बताउनुभयो ।
पूर्वमन्त्री एवं तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले म्याग्देको विकासका लागि धेरै काम भएको बताउँदै यस क्षेत्रको थप विकासका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । म्याग्देमा चक्रपथ निर्माण गर्ने योजना परोस् भन्ने सुझाव प्राप्त भएकाले सङ्घ सरकारबाट पहल गरिने भण्डारीले प्रतिबद्धता जनाउनुभयो ।
जनताको आवश्यकता र मागलाई हेरेर स्थानीय र प्रदेश सरकारले बजेट बनाउनुपर्नेमा उहाँको जोड थियो । भण्डारीले निर्माणाधीन पृथ्वीराजमार्गको ढिलाइले जनताले सास्ती भोग्नुपरेको बताउँदै राजमार्ग छिटो सम्पन्न गराउन सम्बन्धित निकायमा ध्यानाकर्षण गराइरहेको भण्डारीले बताउनुभयो । रासस
Related News
सम्बन्धित समाचार
प्रश्नपत्र आउट शिक्षक धरौटीमा रिहा
विन्ध्येश्वरीमा राष्ट्रिय सम्पदाको प्रशिक्षण
सराङकोटमा सहिद स्मृति भवन निर्माण
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१