पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको छ । दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
उक्त अवसरमा ३ शिक्षकलाई सम्मान समेत गरिएको थियो । लेकसिटी कलेजमा लामो समयसम्म अध्यापन गराउने शिक्षकहरु क्रमश किशोर अधिकारी, पद्मा पराजुली, उमेशप्रसाद रेग्मी र प्रदीप रानालाई सम्मान गरिएको क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठले बताए । यसैगरी उत्कृष्ट शिक्षक पुरस्कार विष्णुप्रसाद अधिकारीलाई प्राप्त गरेका छन् ।
कार्यक्रममा लेकसिटी कलेज सञ्चालक समिति अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले भविष्य उज्ज्वल बनाउन हरेक समयमा मेहनत गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य लगायत प्रस्तुति दिएका थिए ।
बिबिएस तेस्रो वर्षमा अध्ययनरत अभिनव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेकसिटी कलेजका क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठ, लेकसिटी कलेज मानविकी संकायका संयोजक उपेन्द्र पौडेल, पश्चिमाञ्चल माविका प्रअ सरोज कोइराला, पोखरा आर्दश सेकेन्डरी विद्यालयका अध्यक्ष कमल सापकोटा लगायतले शुभकामना व्यक्त गरे ।
बिबिएस दोस्रो वर्षकी सोनिस पौडेलले स्वागत, सञ्चालन बिए दोस्रो वर्षका आयुष मल्ल, बिबिएस दोस्रो वर्षकी शुभेच्छा थापा, बिए तेस्रो वर्षका समिर पाठक र बिबिएस तेस्रो वर्षकी अनिषा पुरीले गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन प्रतिमा पौडेलले दिएकी थिइन् ।
लेकससिटी रिसर्च सेन्टरमा स्नातक तहमा सोसल वर्कका साथै आमसञ्चार तथा पत्रकारिता विषयको पढाइ हुन्छ । समाज विज्ञानलाई प्राथमिकतामा राखेर बजार सुहाउँदो जनशक्ति उत्पादनमा कलेजले स्थापनाकालदेखि नै मेहनत गरिरहेको क्याम्पस प्रमुख श्रेष्ठले बताए ।
Related News
सम्बन्धित समाचार
प्रश्नपत्र आउट शिक्षक धरौटीमा रिहा
विन्ध्येश्वरीमा राष्ट्रिय सम्पदाको प्रशिक्षण
सराङकोटमा सहिद स्मृति भवन निर्माण
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१