पोखरा । आगामी वैशाखमा हुने आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड सफल बनाउन आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले तयारी तीव्र पारेको छ ।
मञ्चमा आबद्ध सदस्य सम्मिलित आइतबार आयोजित भेलाले दीननाथ बराल मूल आयोजक समिति संयोजक रहने गरी ११ उपसमिति गठन गरेको छ । बराल मञ्च अध्यक्ष हुन् ।
मञ्च महासचिव राजाराम पौडेलका अनुसार आर्थिक संकलन उपसमिति संयोजकमा कविता घर्ती मगर र सहसंयोजकमा शशीकुमार पौडेललाई जिम्मेवारी दिइएको छ । प्रचारप्रसार संयोजकमा महासचिव पौडेल, सहसंयोजक विजय नेपाल, सदस्य रिखिराम जिसी, धनबहादुर गुरुङ सुमन र विजय नेपाली छन् ।
अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक केशव पाठक र सहसंयोजक सुदर्शन रन्जित, स्वागत सत्कार संयोजक एकराज गिरी र सहसंयोजक फडिन्द्र अकिञ्चन छन् । स्वयंसेवक परिचालन संयोजक मानबहादुर घर्ती र सहसंयोजक राम गुरुङ, फोटोग्राफी तथा भिडियोग्राफी संयोजक उमेश पुन र सहसंयोजक वसन्त शेर्पा छन् । मञ्च व्यवस्थापन संयोजक जिम्मा सन्देश श्रेष्ठले पाएका छन् भने सहसंयोजक धनबहादुर गुरुङ छन् । सांस्कृतिक कार्यक्रम संयोजकमा मन क्षत्री र सहसंयोजक सुशील नेपाली चयन भए ।
यस्तै, संघसंस्था समन्वय उपसमिति संयोजकमा रोहितराज पराजुली र सहसंयोजक कृष्ण दवाडी छन् । मूल्याङ्कन तथा अनुगमनमा क्रमशः रामकृष्ण ज्ञवाली संयोजक र गणेश बराल (ढाकामोहन) सहसंयोजक चयन भए । क्वीक रेस्पोन्स उपसमितिमा राजु गिरी संयोजक तथा अर्जुन गाहा (सुशान्त) सहसंयोजक छन् ।
आवश्यकता आधारमा उपसमितिमा सदस्य थप गर्ने अधिकार संयोजकलाई दिइएको महासचिव पौडेलले बताए । यसैबीच, भेलाका सहभागीले अवार्ड व्यवस्थित बनाउँदै विगतमा भन्दा थप आकर्षक बनाउनुपर्ने सुझाव दिए ।
खेल क्षेत्रमा प्रतिष्ठित पोखरा स्पोर्टस् अवार्डमा यसपालि ७ विधामा अवार्ड वितरण गरिनेछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष र महिला, प्रशिक्षक, उदीयमान खेलाडी, उत्कृष्ट खेल संघसंस्था÷क्लब र खेल पत्रकार अवार्ड छन् ।
गण्डकी प्रदेश सरकारले विशेष सहयोगमा हुने अवार्डलाई पोखरा महानगरपालिका र राखेपले पनि विगतमा झैं सघाउने छन् । प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, होटल पार्टनरमा मझेरी रिसोर्ट एण्ड स्पा र साहस स्पोर्ट्सले सहयोगको सम्झौता गरिसकेको मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।
अवार्ड पोखरा सभागृहमा आगामी २१ वैशाखमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१