पोखरा । गोरखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न योजनामा साढे ३ अर्बभन्दा बढीको बजेट मागेको छ । उनीहरु योजनाको पोको लिएर सिंहदरबार पुगेका थिए । महत्वपूर्ण १९ योजनामा ३ अर्ब ६० करोडको माग गरिएको हो । छेपेटारमा बहुउद्देश्यीय ताल निर्माण गर्न ५० करोड, ठूलो आगन क्षेत्रमा सम्पदा बस्ती निर्माण गर्न ५० करोड, एकीकरणदेखि शान्ति प्रक्रियासम्म जोड्ने संग्रहालय बनाउन २० करोड, बसपार्कदेखि खोलखोलेसम्म अत्याधुनिक फुटपाथ बनाउन २० करोड, बेनिखोला मत्स्य पर्यटन केन्द्र निर्माणका लागि १० करोड, शिखरबेंसी ताल निर्माण गर्न ५० करोडको प्रश्ताव गरिएको छ । स्रोत सुनिश्चित नहुँदा रोकिएका विभिन्न योजनाहरुमा पनि बजेट मागिएको छ ।
९० करोडको गोरखा सदरमुकामको ढल व्यवस्थापन, १७ करोड दरौंदी लिफ्टिङ योजनाका लागि स्रोत सुनिश्चित गरिदिन माग गरिएको हो । यस्तै, आहालेदेखि आमडाँडा हुँदै लुँदीखोला पुग्ने सडक बनाउन ५ करोड, गोरखा नगरपालिका गेटबाट क्लव भवन हुँदै १३ किलो जोड्ने सडक कालोपत्रे गर्न ७ करोड, चुच्चेढुंगादेखि गोरखा क्याम्पस हुँदै छेपेटार जोड्ने सडक कालोपत्रे गर्न १५ करोड बजेट मागेका छन् । रवर उद्योगबाट गोप्लिङ हुँदै मस्र्याङ्दी कोरिडोर कालोपत्रे गर्न २० करोड, गरापानीदेखि पुतली बगैंचा सडक कालोपत्रे गर्न ५ करोड, विष्णुपहरादेखि कोखे आहाले सडक स्तरोन्नती गर्न ५ करोड, गोरखा क्याम्पसदेखि डेरागाउँ सडक कालोपत्रे गर्न १५ करोड, विरेनचोकदेखि स्याउली जाने सडक स्तरोन्नती गर्न ८ करोड, पालुङटारको विर्दीदेखि १० किलो हुँदै मनकामना सडक कालोपत्रे गर्न १० करोड माग गरिएको उपमेयर मसलीमाया थोकर (सपना पुन) ले जानकारी दिइन् ।
उनका अनुसार नयाँबजार देखि छेपेटार सडक कालोपत्रे गर्न २० करोड, कोखे आहालेदेखि निवेल जोड्ने सडकलाई १० करोड, पैरेनी खोलादेखि बर भञ्ज्याङ सडकलाई १० करोड, देउरालीबाट घलान हुँदै बेनिखोला सडकमा १० करोड तथा अजिंगरेबाट सिमलथुम्की हुँदै एक्लेचौतारा सडक कालोपत्रे गर्न १० करोड मागिएको छ । नगरपालिकाले राखेको मागप्रति प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएका मेयर कृष्ण रानाले बताए । ‘हाम्रा समस्या र योजनाबारे जानकारी गरायौं । सबै उहाँले ध्यानपूर्वक सुन्नुभयो र सकारात्मक हुनुभएको छ,’ उनले भने, ‘राम्रै सम्बोधन हुने विश्वास हामीले लिएका छौं ।’ अधिकांश योजना प्रचण्डले चुनावका बेलामा पनि प्रतिबद्धता जनाएका थिए ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१