प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गरौँ : प्रधानमन्त्री   

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०८०
pm pix

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।

आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान युग विज्ञान–प्रविधि र मुख्यतः सूचना प्रविधिको युग भएको बताउनुभयो । “आज दुनियाँमा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ सूचना–प्रविधिको निर्णायक भूमिका नहोस्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हिजो सूचना सम्प्रेषणको माध्यमका रूपमा विकसित प्रविधिको क्षेत्र ज्ञान–विज्ञान, उत्पादन, निर्माण, ज्ञान उत्पादन, सम्प्रेषणसहित अर्थतन्त्रको निर्णायक क्षेत्रका रूपमा उपस्थित छ ।”

सूचना–प्रविधिको विकास र यसबाट सिङ्गो विश्व र राष्ट्रिय जीवनमा पारेको प्रभाव एवं राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक भूमिका रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “चौथो औद्योगिक क्रान्तिका रूपमा विकसित सूचना प्रविधिले मानव जाति र सामाजिक जीवनका सम्पूर्ण अवयवहरूमा सकारात्मक प्रभाव मात्र पारेको छैन, अपितु सूचना–प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा सिङ्गो विश्व आइपुगेको छ ।”  रासस

Related News

सम्बन्धित समाचार

  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • पोखरामा १४ मजदुर सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले…
  • ‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वमा शान्ति छर्न ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको बताएका छन् । ब्रह्मकुमारी…
  • रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । रानाभाट तथा भाट जातिमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा…
  • मानव सेवा अश्रममा खाना खुवाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ…

hero news full width