पोखरा । दार्चुलामा प्रहरीको नियन्त्रणबाट भागेका एक थुनुवा पक्राउ गर्ने क्रममा प्रहरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पछ्याउने क्रममा सोमबार अपराह्न प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको हो।
थुनुवा पछ्याउने क्रममा चौधरी भीरबाट लडेका थिए। प्रहरी हिरातमा रहेका थुनुवा महाकाली नगरपालिका–१ का उमेश कुँवर हतकडीसहित भागेका थिए। उनलाई पछ्याउने क्रममा प्रहरी जवान चौधरी लडेर गम्भीर घाइते भएका थिए। उनको टाउकोमा चोट लागेकोमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको हो।
हतकडीसहित भागेका कुँवरलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ। महाकाली नदीपारि पुगेका कुँवरलाई भारतीय सुरक्षाकर्मीको समन्वयमा नियन्त्रणमा लिइएको हो। रासस
Related News
सम्बन्धित समाचार
बेंसीसहरका ४ औषधी पसललाई जरिवाना
वनमा आगो लगाउने पक्राउ
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
hero news full width
मुख्य समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१