रिटर्नी सेन्टर कास्कीमा सूर्यप्रसाद

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
returmee

पोखरा ।  विदेशबाट फर्केका नेकपा माओवादी निकटहरुको कास्की भेलाले सूर्यप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

शनिबार भएको भेलाले प्रथम उपाध्यक्षमा तुलसी पराजुली, द्वितीय उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ, सचिवमा जीवनकुमार सुनार, कोषाध्यक्षमा शान्ति सापकोटा चापागाइ, सहसचिवद्वयमा प्रज्वल अधिकारी र बलराम गौतमलाई चयन गरेको हो ।

त्यस्तै रामबहादुर विश्वकर्मा, बुिद्धबहादुर गुरुङ, ललित गौचन, बालकृष्ण देवकोटा, बैकुण्ठ अधिकारी, गंगाबहादुर नेपाली, अर्जुन सुवेदी र मुक्तिराम देवकोटा सदस्य छनोट भए । त्यस्तै पार्टीका प्रदेश सदस्य चुडामणि अधिकारीलाई सल्लाहकार संयोजकको जिम्मेवारी दिइयो भने १० जना सदस्य पालिका सम्मेलन पश्चात छनोट गर्ने निर्णय पनि भयो ।

भेलालाई सम्बोधन गर्दै पार्टीका जिल्ला संयोजक केशव पौडेलले उत्पादनमा जोडिन रिटर्नीहरुलाई आग्रह गर्दै त्यसले राष्ट्रलाई पनि समृद्ध बनाउने उल्लेख गरे ।

त्यस अवसरमा सल्लाहकार संयोजक अधिकारीले रिटर्नीहरुको सीप र पुँजीलाई एकीकृत गरी उत्पादनमा जोडिन सुझाव दिँदै त्यसले आर्थिक रुपान्तरमा योगदान पुग्ने स्पष्ट पारे ।

जिल्ला भेला आयोजक समितिका अध्यक्षता सूर्यप्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम जीवन सुनारले सञ्चालन गरे । रिटर्नीहरुलाई पार्टीसँगै उत्पादनमा जोड्ने उद्देश्यले भेला आयोजना गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • एनप्याब्सनका १२ सय शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । नेसनल प्याब्सन कास्कीको आयोजनामा शिक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त तालिममा…
  • चिसाखोला वेद विद्याश्रमको रजत स्मारिका लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रम कास्कीको औपचारिक स्थापनाको २५ वर्ष पुगेको अवसरमा हालसम्म भएका गतिविधि समेटेर…
  • राजनीतिकर्मी शेरचनको निधन

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमितिका कोषाध्यक्ष गणेश शेरचन र क्षेत्रीय प्रतिनिधि दिनेश शेरचनलाई पितृशोक परेका छ । उनीहरुका…
  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • पोखरामा १४ मजदुर सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले…

hero news full width