विन्ध्येश्वरी आदर्शमा ग्लोबल क्विज

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०
global quiz

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल मोहरिया टोलमा कक्षा २–९ सम्म ग्लोबल क्विज तथा अंग्रेजी डायलग प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताअन्तर्गत मावि तहमा अल्फा (रातो) सदनबाट साइना बुद्धाचार्य, प्रशंसा कार्की, विप्लव लोहनी र सुबी श्रेष्ठ प्रथम भए । डेल्टा (पहेंलो) सदनबाट शिशिर तिमिल्सिना, मञ्जिसा भुजेल, कृतन गुरुङ र अंकिता पौडेल द्वितीय भए ।

आधारभूततर्फ अल्फा (रातो) सदनबाट आदित्य लम्साल, श्रीषा तिमिल्सिना, विश्वास थापामगर र अंकित मन्ना प्रथम भए भने बेटा (निलो) सदनबाट सविता सुनार, अदिती तिमिल्सिना, युनिका खनाल र सौगात हमाल द्वितीय भए ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विजेता विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै विद्यार्थीको चौर्तफी विकास होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रम गरिएको बताए ।

अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटी र शिक्षक युवराज रौनियारले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width