लेखनाथ । संस्कृतिविद् डा.जगमान गुरुङले पूर्वीय दर्शनको शिक्षा पद्दति जोगाउनुपर्नेमा जोड दिएका छन् ।
लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सवअन्तर्गत दोस्रो दिन बिहीबार आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. गुरुङले पश्चिमेली अर्थात् आधुनिक शिक्षा पद्दति अहिलेको आवश्यकता भएकाले बहिष्कार गर्न नसकिए पनि पूर्वीय दर्शन, संस्कृति र प्राचीन आदर्श भने बिर्सन नहुने बताए । उनले प्राचीन आदर्श एवं पूर्वीय दर्शनअनुसारको शिक्षा पद्दतिलाई पनि समावेश गर्न सके विद्यार्थीमा नैतकिताको विकास हुन गई सभ्य समाजको निर्माणमा ठूलो योगदान पुग्ने बताए ।
स्वर्ण जयन्ती अवसरमा बिहीबार नै स्वर्ण महोत्सव प्रवेशद्वार एवं हेल्थ केयर युनिट उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका प्रमुख मेयर धनराज आचार्यले सोको उद्घाटन गर्दै सरकारी विद्यालयलाई हेर्ने समाजको नजर फरक रहेको बताए । उनले विद्यालय शिक्षा सुधार गर्न महानगरले विभिन्न १७ बुँदामा महानगरभित्रका विद्यालयसँग कार्यसम्पादन सम्झौता गरिएको र त्यसको मूल्यांकनका लागि २६ जना विज्ञ खटाइएको जानकारी दिंदै त्यसमा खरो उत्रिन नसके नेतृत्वसमेत परिर्वतन गर्ने चेतावनी दिए ।
कार्यक्रममा स्मारिका प्रकाशन समितिका सम्पादक चतुराखर अधिकारी, भूतपूर्व विद्यार्थी पुनर्मिलन समितिका संयोजक कृष्णप्रसाद अधिकारी, भूतपूर्व विद्यार्थी एसोसियसन अध्यक्ष खडानन्द लामिछाने लगायतले बोलेका थिए । यस्तै, विद्यालयको ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशित ‘स्मारिका’ विमोचन गरिएको छ ।
उक्त अवसरमा विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा विद्यालयको स्थापनाकालदेखि हालसम्म विभिन्न क्षेत्रबाट योगदान पु¥याउने चन्दादाता, जग्गादाता, अक्षयकोषदाताहरु, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यावारिधि गर्ने पूर्व विद्यार्थी एवं सरकारी सेवामा प्रथम श्रेणीमा सेवारत् व्यक्तिलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईले स्वर्ण महोत्सवपछिको शैक्षिक प्रणालीमा आमूल परिवर्तन आउने गरी व्यावहारिक र प्रयोगात्मक शिक्षालाई स्थान दिँदै आएको बताए । कार्यक्रम सञ्चालन शिक्षक गणेश पौडेलले गरेका थिए ।
२०२५ सालमा स्थापित विद्यालयको ५६ औं वार्षिकोत्सव तथा त्रिदिवसीय स्वर्ण महोत्सवको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । विद्यालयमा हाल १ हजार ६३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको स्वर्ण महोत्सव अवसरमा भएको त्रिदीवसीय कार्यक्रम शुक्रबार पनि चल्नेछ ।
Related News
सम्बन्धित समाचार
चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१