पोखरा । पोखरा रामबजारस्थित भारतीय दूतावास पेन्सन वितरण कार्यालयमा इन्टर बटालियन भूपू भलिबल प्रतियोगिता–२०२४ सुरु भएको छ । आगामी १७ फागुनसम्म सञ्चालन हुने सो प्रतियोगितामा १८ टिमले भाग लिएका छन् ।
बुधबार एक समारोहबीच कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त बघेलले रेफ्री हितकुमार गुरुङलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरे । शारीरिक तथा मानसिक विकाससहित भूपूहरुबीच आपसी भेटघाट एवं भाइचारा सम्बन्ध विकासमा खेलले सघाउ पुग्ने उनको भनाइ छ ।
६/८ जिआर र २/८ जिआरबीच उद्घाटन खेलमा सोझो सेटमा ६/८ जिआर विजयी भयो । २५–१७, २५–१७ र २५–१० सेटमा उसले खेल जितेको हो । पहिलो दिनमा भएका ३ खेलमध्ये दोस्रोमा १/१ जिआर र तेस्रोमा २/५ जिआर विजयी भए । आफ्नो अनुपस्थितिमा २/९ जिआरले १/१ जिआरलाई र ५/१ जिआरले २/५ जिआरलाई वाकओभर दिएको धनवीर गुरुङले जानकारी दिए ।
उद्घाटन समारोहमा भूपू कर्णेल कृष्णबहादुर खत्री, एसबिआई बैंक गण्डकी प्रदेश प्रमुख मीनबहादुर गुरुङ, एभरेस्ट बैंक गण्डकी प्रदेश प्रमुख सुधीर गौतम, भूपू सैनिक परिवार लगायत उपस्थित थिए ।
दोस्रो दिन बिहीबार पहिलो खेल ३/५ जिआर र २/१ जिआरबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा १/९ जिआर र उद्घाटन खेल विजेता ६/८ जिआरबीच हुनेछ । प्रतियोगितामा १/५ जिरआर, ३/९ जिआर, ५/९ जिआर, ४/८ जिआर, आसाम राइफल्स, ५/५ जिआर, ४/४ जिआर, ४/५ जिआर, ३/८ जिआर र पिपिओले समेत भाग लिएको भारतीय दूतावास पेन्सन वितरण कार्यालयका भरतभूषण पाण्डे (बिबि पाण्डे) ले बताए ।
पाँचौं संस्करणको यो प्रतियोगिता विजेतालाई ५० हजार र उपविजेतालाई ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । विजेताको पुरस्कार प्रायोजन एसबिआई बैंक र उपविजेताको पुरस्कार प्रायोजक एभरेस्ट बैंक लि.ले गरेको छ ।
Related News
सम्बन्धित समाचार
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
वैशाख २८, २०८१दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
वैशाख २८, २०८१साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
वैशाख २८, २०८१मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
वैशाख २८, २०८१सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१