पोल्याङमा निशुल्क स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
पौष ३, २०८०
Health newss

पोखरा । रुपा गाउँपालिका तथा नेलम्बो नेपालको संयुक्त आयोजनामा पोल्याङमा ३ दिने निशुल्क स्वास्थ्य शिविर भएको छ । स्थानीय जनता माविमा भएको उक्त शिविरबाट कुल ८ सय जना बिरामी लाभान्वित भए ।

जसमध्ये ५ सय ७६ जनाले चिकित्सा सेवा, हाडजोर्नी सेवा ४ सय १८ जना, दन्त परीक्षण २ सय २९, नाक, कान घाँटी २ सय १६, स्त्रीरोग सेवा २ सय ३८, छालासम्बन्धी सेवा १ सय १६, इसिजी २ सय ४६, भिडियो एक्सरे १ सय १६, रगत परीक्षण २ सय १३, पिसाब परीक्षण १ सय १०, गर्व परीक्षण ६, कानको परीक्षण ४२, कानको सफाइ २४, दाँत सफा गर्ने ४२ र दाँत निकाल्ने ५ जनालाई सेवा दिएको नेलम्बोका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले जानकारी दिए ।

शिविरमा डा. सुर्दशन आचार्य, डा. विनोद बराल, डा. सुरज लामिछाने, डा. रेखा पौडेल र डा. सरोज पोख्रेलसहित २१ जना स्वास्थ्यकर्मीको टोली खटिएको थियो । त्यस्तै गाउँपालिकाले १३ जना स्वयंसेवक परिचालन ग¥यो ।

कार्यक्रममा धारणा राख्दै नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले पोल्याङमा स्वास्थ्य शिविर आवश्यक रहेको परीक्षणले देखाएको स्पष्ट पार्दै गुणस्तरीय सेवा दिन संस्थाले कुनै कसुर बाँकी नराखेको जनाए ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नेलम्बोको स्वास्थ्यप्रतिको गुणस्तरीयतामा पालिका विश्वस्त रहेको सुनाउँदै नेलम्बोसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ नेलम्बोले कोभिड १९ को विषम परिस्थितिदेखि नै पालिकालाई सहयोग गर्दै आइरहेको स्मरण गर्दै शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा नेलम्बोको योगदान महत्वपूर्ण रहेको चर्चा गरिन् ।

रुपा ३ का वडाध्यक्ष दीपेन्द्र गौतमले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा नेलम्बोप्रति धन्यवाद दिए । उनले आफूले सुरुमा शिविर सामान्य होला भन्ठानेको तर एउटा अस्पताल बराबरको सेवा गाउँमै प्राप्त गरेकोमा खुसी व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखरा वडा १२ मा राजस्व संकलन गर्न घरदैलो

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८१
    पोखरा । राजस्व संकलन प्रभावकारी बनाउन पोखरा महानगरपालिका १२ नम्बर वडाले बजार क्षेत्रमा राजस्व संकलनका लागि घरदैलो सुरू गरेको छ…
  • राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण प्रतिवेदन सार्वजनिक

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८१
    पोखरा । राष्ट्रिय तथ्यांक कार्यालयबाट सञ्चालन भएको राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण प्रतिवेदन मंगलबार पोखरामा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक…
  • चक्रदेवी सहकारीमा तोडफोड, ९ पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८१
    पोखरा । पोखराको शिशुवास्थित चक्रदेवी सहकारी संस्थाको कार्यालयमा तोडफोड तथा कर्मचारीमाथि हातपात भएको छ । उक्त अभियोगमा प्रहरीले ९ जनालाई…
  • प्रदेशस्तरीय महिला क्रिकेट प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८१
    स्याङ्जा । गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा आयोजित महिला क्रिकेट प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । गण्डकी प्रादेशिक क्रिकेट…
  • बिरेठाँटीले स्वर्ण जयन्ती मनाउँदै

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका ८, बिरेठाँटीस्थित माध्यमिक विद्यालयले आगामी वर्ष २०८२ स्थापनाको ५० औं वर्ष (स्वर्ण जयन्ती) मनाउने भएको छ…

hero news full width