पोखरा । कास्कीकोट दरबारमा रहेको गुप्तकालिका मन्दिरमा विश्व शान्तिको कामना गर्दै जारी नवदुर्गा महोत्सवमा सप्तमिको दिन आज विधिवत रुपमा फूलपत्रको डोली प्रवेश गराइएको छ ।
पोखराको राम घाटबाट ल्याइएको फूलपत्र सहितको डोली मन्दिर प्रवेश गराइएको हो । फूलपत्र वडाइँ गर्दै कुवँर जातिले यहाँ परापूर्व कालदेखि सैन्य अभ्यास सरुन खेल प्रदर्शन गरेको थिए । गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव सञ्चालन भएको हो ।
परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हुँदै आएको मन्दिरमा ्विश्वमा भैइरहेको युद्ध तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरेको धार्मिक क्षेत्रविकास समितिका अध्क्षय दिलीप विक्रम शाहीले बताए ।
घटस्थापनाको दिन असोज २८ गते विधिवत रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कवच भइरहेको धार्मिक क्षेत्रविकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालिका मन्दिरमा परापूर्व कालदेखि पर्व विशेषमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् ।
यस वर्षको बडा दशैंको १० दिन सम्म कोतघरमा पाणा पूजारीसहित विश्व शान्तिको कामना गर्दै विशेष पूजा गरिने भएको हो । बडा दशैंको फूलपातीमा पोखराको रामघाट वाट लगेको फुलको डोली विधिवत मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रिक पूजा गरिएको त्रिपाठीले बताए । अष्ठमीको दिन मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्चवली दिने गरिन्छ । दशमीमा मन्दिरमा टिका ग्रहण गरी वास्पानीकालीकामा फूलपत्र सहित पूजा विर्सजन हुने छ ।
आज सप्तमीका दशैको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू लगायत तोपहरूको समेत प्रदर्शन गरिएको थियो ।
यहाँ पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैँमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामकरण भएको मानिन्छ ।
Related News
सम्बन्धित समाचार
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
hero news full width
मुख्य समाचार
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
वैशाख २८, २०८१साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
वैशाख २८, २०८१मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
वैशाख २८, २०८१सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१