पोखरा । पोखरा महानगरपालिकाका ४८ जना नगर प्रहरी दीक्षित भएका छन् । नगर प्रहरी जवान आभारभूत तालिम पूरा गरेका उनीहरुलाई गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, लामापाटनमा दीक्षित गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ, महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले उनीहरुलाई संयुक्तरूपमा दीक्षित गरे ।
उनीहरुले ४५ दिनसम्म चलेको आधारभूत तालिम लिएका थिए । जसमा नगर प्रहरी जवान मैना श्रेष्ठ सर्वोत्कृष्ट भइन् । सृष्टि अधिकारी देवकोटा सर्व–द्वितीय र सीमान्त थारु सर्व–तृतीय भए । अध्ययनतर्फ नगर प्रहरी जवान सृष्टि अधिकारी देवकोटा, कवाजतर्फ नगर प्रहरी जवान मसिना राई, शारीरिक व्यायामतर्फ नगर प्रहरी जवान सञ्जय क्षत्री र खेलकुद तथा अतिरिक्त क्रियाकलापमा नगर प्रहरी जवान लक्ष्मी कार्की प्रथम भएको बताइएको छ ।
तालिमको आन्तरिक मूल्यांकनमा २९ जना ‘क’ श्रेणी र १९ जना ‘ख’ श्रेणीमा परेका छन् । उनीहरूलाई केन्द्रका तालिम संयोजक प्रहरी निरीक्षक सागर तिमिल्सिना, प्लाटुन कमान्डर तथा प्रशिक्षक प्रहरी सहायक निरीक्षक संगम हमाल, प्रहरी हवलदार गुरुप्रसाद कालुङ, प्रहरी जवान तथा प्रशिक्षक अमन चौधरी र प्रहरी जवान तथा प्रशिक्षक जानुका श्रेष्ठलगायतले प्रशिक्षण दिएका थिए ।
दीक्षान्त समारोहमा नगर प्रहरी जवानले राष्ट्रिय सलामी अर्पणसहित कवाजसमेत प्रदर्शन गरेका छन् । यसैबीच, प्रहरी निरीक्षकमा बढुवा भएका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापालाई दज्र्यानी चिन्ह प्रदान गरियो ।
समारोहमा महानगर प्रमुख आचार्यले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर प्रहरीलाई थप सशक्त बनाएको बताए । जनशक्तिका हिसाबले नगर प्रहरीको संख्या बढ्नुका साथै समग्र पोखरा महानगरपालिकाको सुव्यवस्थामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रहरी वरिष्ठ उपरीक्षक पौडेलले महानगरपालिकाले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको बताउँदै आगामी दिनमा समेत नगर प्रहरीको क्षमता अभिवृद्धिलगायतका तालिम सञ्चालनमा सहकार्य गर्न तयार रहेको बताए
करारका लागि महानगरपालिकाले गत वर्ष १२ चैतमा खुलातर्फ २७, महिलातर्फ ४, आदिवासी जनजातितर्फ ७, मधेसीतर्फ ६, दलितमा ३ र पिछडिएको क्षेत्रतर्फ १ गरी ४८ जना प्रहरी जवानका लागि विज्ञापन खुलाएको थियो ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१