पोखरा । सामाजिक सञ्जालमा झुट्टा सूचना सम्प्रेषण गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका ५, ठुलीबराहाका ३५ वर्षीय सूर्यबहादुर रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सांसद डा. ढाकाकुमार श्रेष्ठबारे गलत सूचना फैलाएको आरोपमा उनलाई पक्राउ गरी साइबर अपराधअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी विकले बताए ।
पक्राउ परेका रेग्मीले सामाजिक सञ्जालमा ‘रास्वपाका निवर्तमान सांसद डा. श्रेष्ठलाई अज्ञात समूहले घाइते बनाएको र अवस्था चिन्ताजनक रहेको’ गलत सूचना सम्प्रेषण गरेका थिए । सूर्य रेग्मी नाम गरेको फेसबुक आइडीबाट फोटो समेत पोस्ट गरी समाजमा अराजकता, आत्मसम्मानमाथि आघात पुर्याउने गरी भ्रम फैलाउने र मेरो जीउज्यानको सुरक्षामा समेत असर परेको भन्दै डा. श्रेष्ठले उजुरी दिएका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा २१ जना लागुऔषध सेवनकर्ता पक्राउ, प्रशिक्षणिछि अभिभावकको जिम्मा
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
पोखरीछापमा भरुवा बन्दुकसहित १ पक्राउ
प्रश्नपत्र आउट शिक्षक धरौटीमा रिहा
जिबी राईको राहदानी रद्द भएन
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१