पोखरा । लागु औषध कारोबारमा संलग्न रहेको अभियोगमा कास्की प्रहरीले ३ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी ८, चित्रेका २४ वर्षीय सविन बिक, राम्जाका २४ वर्षीय सोवित जिसी र चित्रे घर भइ हाल पोखराको शान्तिपाटन बस्ने २९ वर्षीय दिवस गुरुङ हुन् ।
सोमबार दिउँसो लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीसमेतको समन्वयमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको पोखराको ६ जरेबरस्थित डेराकोठाबाट बुप्रिनर्फिन ८० एम्पुल, फेनेरागन ७९ एम्पुल, डाइजेपाम ८१ एम्पुल गरी कुल २ सय ४० एम्पुल लागु औषधसहित बरामद गरेको हो । उनीहरुलाई कास्की जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका नि.सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा २१ जना लागुऔषध सेवनकर्ता पक्राउ, प्रशिक्षणिछि अभिभावकको जिम्मा
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
पोखरीछापमा भरुवा बन्दुकसहित १ पक्राउ
प्रश्नपत्र आउट शिक्षक धरौटीमा रिहा
जिबी राईको राहदानी रद्द भएन
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१