पोखरा । सिर्जनाचोकस्थित होटल लक्ष्मीमा चलेको जुवा खालमा बिहीबार प्रहरीले छापा मा¥यो । वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी वेद जोशीले यसको खबर र होटलको फोटोसहित जानकारी पत्रकारलाई दिए ।
पक्राउ पर्नेहरुको नाम र वरामद भएको रकम प्रष्टसँग खुलाइएको थियो । ५८ वर्षे मोहन थकालीको नाम दोस्रो नम्बरमा थियो । पहिलो नम्बरमा भने होटल सञ्चालक मुस्ताङ घरपझोङ गाउँपालिका २ का ५७ वर्षीय इन्द्रबहादुर हिराचनको नाम थियो । दोस्रो नम्बरका मोहन थकाली नभइ मोहनसिंह लालचन थिए । जो मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष हुन् ।
मुस्ताङको सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकामा मोहनसिंह नेपाली कांग्रेसबाट विजयी भएका हुन् । एमालेका सञ्जयकुमार थकालीलाई २ मतको अन्तरले हराउँदै लालचन विजयी भएका थिए ।
प्रहरी पक्राउ गरिसकेपछि केरकार गर्दा उनी पालिका अध्यक्ष भएको खुलेको थियो ।
वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी वेद जोशीका अनुसार जुवाखालबाट ४ लाख ४७ हजार रुपैयाँसहित ७ जनालाई नियन्त्रणमा लिइएको थियो ।
पक्राउ पर्ने थपमा ४६ वर्षे नवीनप्रसाद थकाली, पोखरा ८, सिर्जनाचोकका ६३ वर्षे शंकर ज्वारचन, महेन्द्रपुलका ५३ वर्षे गुञ्ज हिराचन, ५९ वर्षे दलबहादुर हिराचन छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा २१ जना लागुऔषध सेवनकर्ता पक्राउ, प्रशिक्षणिछि अभिभावकको जिम्मा
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
पोखरीछापमा भरुवा बन्दुकसहित १ पक्राउ
प्रश्नपत्र आउट शिक्षक धरौटीमा रिहा
जिबी राईको राहदानी रद्द भएन
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१