पोखरा । लागुऔषधसहित पक्राउ परेका पोखराबाट ५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार सार्वजनिक गरेको छ । उनीहरुमध्ये अफिमसहित ३ जना र डाइजोपाम, फेनेरागज, नुर्फिन साथै नाइट्रोभ्याटसहित २ जना शनिबार पक्राउ परेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले बताए ।
पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका २ बस्ने ४१ वर्षीय दिपेश पुन, सोही गाउँपालिका १ का ४० वर्षका विराज पुन र बाग्लुङको निसीखोला गाउँपालिका ५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुनलाई अफिमसहित पक्राउ गरिएको सूचना अधिकारी विकले बताए । उनीहरुको साथबाट ५ किलो ७ सय ग्राम अफिमसहित ३ थान मोबाइल बरामद गरिएको थियो । उनीहरुमध्ये दिपेसलाई पोखरा २५ हेमजाबाट पक्राउ गरिएको थियो । तेजेन्द्र र विराज पोखरा ५ लेकसाइडबाट पक्राउ परेका हुन् ।
डाइजोपाम, फेनेरागज, नुर्फिन र नाइट्रोभ्याटसहित कास्कीको माछापुच्छ«े गाउँपालिका ३ घाचोकका ३२ वर्षीय अमृत ठकुरी शनिबार घाचोकबाट पक्राउ परेका हुन् । सोही प्रकारको लागुऔषधसहित पोखरा २९ भण्डारढिकका ३४ वर्षीय आशिक पौडेललाई पनि आइतबार नै पक्राउ गरिएको सूचना अधिकारी विकले जानकारी दिए ।
उनीहरूको साथबाट नुर्फिन ३८७, फेनेरागन ३८५, डाइजोपाम ३८३ र नाइट्रोभ्याट ट्याब्लेट २०५ चक्की फेला परेको उनले बताए । साथै मोबाइल २ सेट र ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाइन गाडी बरामद गरिएको छ । उनीहरूलाई २० दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा २१ जना लागुऔषध सेवनकर्ता पक्राउ, प्रशिक्षणिछि अभिभावकको जिम्मा
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
पोखरीछापमा भरुवा बन्दुकसहित १ पक्राउ
प्रश्नपत्र आउट शिक्षक धरौटीमा रिहा
जिबी राईको राहदानी रद्द भएन
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१