पोखरा । गीतकार विक्रम पौडेलले तीजेगीत ‘फर्की हेर्यौ ..’ सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानल विक्रम पौडेलमार्फत उनले गीत दर्शकस्रोता माझ ल्याएका हुन् । गीतमा गायक राजन कार्की र शान्ति श्री परियारले स्वर दिएका छन् । सुमन केसी, अस्मिता रनपाल र प्रिन्स लम्सालको अभिनय रहेको उक्त गीतको भिडियो कुमार केसीले निर्देशन गरेका हुन् । गीत दर्शक स्रोताको रोजाइमा परेको गीतकार पौडेलले बताए ।
कुलेन्द्र विक र शान्ति श्री परियारको स्वरमा रहेको उनको पहिलो सिर्जना ‘बैंसालु नजरैमा…’ त्यति सफल हुन सकेको थिएन ।
‘फर्की हेर्यौ…’डान्सिङ गीतका रुपमा रहेको छ । कास्कीका पर्यटकीय क्षेत्रको दृश्य यहाँ देख्न सकिन्छ । स्र्रोतादर्शकको माया पाएकाले गीत संगीतमा लाग्न थप प्रेरणा मिलेको सर्जक पौडेलले बताए । उनले भने, ‘पहिलो गीत सफल बन्न सकेन, दोस्रो गीतमा दर्शक स्रोताले साथ दिनुभएको छ । टिकटकमा त झन् धेरै रुचाइएको छ ।’ पौडेल पोखरामा शैक्षिक क्रियाकलापमा समेत सक्रिय छन् ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१