पोखरा । नेपाली विभाग, पृथ्वीनारायण क्याम्पसले शनिबार मानक नेपाली भाषाबारे छलफल आयोजना गर्दै छ । मानक नेपाली भाषाको प्रयोगः समस्या र समाधान विषयक कार्यशाला गोष्ठीमा २ कार्यपत्र प्रस्तुत हुने छन् ।
प्राडा चूडामणि बन्धु भाषाले ‘मानकीकरण र नेपाली भाषा’ र डा प्रेमप्रसाद चौलागाईंले ‘नेपाली भाषामा हुने गरेका भाषिक त्रुटि र निराकरणका उपायहरु’ शीर्षकका कार्यपत्रहरु प्रस्तुत गर्दै छन् । कार्यशालामा प्राध्यापक, कर्मचारी, लेखक, पत्रकार, कानुन व्यवसायी, प्रकाशक, शिक्षक गरी ३ सय जना सहभागी हुने आयोजकको अपेक्षा छ ।
नेपाली भाषाकै माध्यमबाट जीविकोपार्जन गर्नेहरुमा समेत भाषिक प्रयोगमा शुद्धता नदेखिएको नेपाली विभाग प्रमुख प्राडा कुशुमाकर न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘भाषाको प्रयोगमा सजगता ल्याउनका लागि र भाषिक त्रुटि गर्ने अवस्था नबनाउन कार्यशाला आयोजना गरेका हौं । हामीले भाषामा गल्ती गर्नु अक्षम्य नै हुन्छ ।’
प्रज्ञा प्रतिष्ठान, प्रकाशनहरु, सरकारी निकाय, विश्वविद्यालय, मिडिया, शिक्षक, सरकारी कर्मचारीसहित सर्वसाधारणमै नेपाली भाषाको ज्ञान, प्रयोगमा सचेतना र भाषाप्रति आकर्षण सिर्जना गर्न कार्यशाला फलदायी हुने अपेक्षा गरिएको छ ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१