टेबलटेनिस खेलाडीको छनोट

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८०
tennis

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबलटेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय टेबुलटेनिस प्रतियोगिताको लागि कास्कीका खेलाडी छनोट भएका छन् ।

पोखरा रंगशालाको टेबलटेनिस कभर्ड हलमा भएको छनोटमा पुरुषतर्फ किसन जिसी, रुपराज गुरुङ, अनुष कुँवर र दीपकराज गिरी तथा महिलातर्फ मुना थापा, तृषा गुरुङ, सक्रिया पोखरेल र प्रजिता मुडभरी छनोट भए ।

छनोट खेलाडीलाई आगामी ३० र ३१ जेठमा हुने गण्डकी प्रदेशस्तरिय टेबुलटेनिस च्याम्पियनसिप सहभागी गारयने कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले बताए ।

छनोट प्रतियोगितामा कास्कीका २४ पुरुष र १२ महिला खेलाडीले भाग लिएको टेबलटेनिसका प्राविधिक समितिका सदस्य रजन सुब्बाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width