प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८०
basketball

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना पोखरा रंगशालामा बिहीबारदेखि गण्डकी प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरू भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उद्घाटन गरे ।

कास्की जिल्ला बास्केटबल संघको व्यवस्थापनमा सुरु प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन हुने छे पहिलो दिन ३ खेल भएको कास्की बास्केबल संघका कार्यसमिति सदस्य विष्णु गुरुङले जानकारी दिए ।

उद्घाटन खेलमा लमजुङले गोरखालाई ५६–१५ स्कोरले पराजित गरेको छ । पहिलो चरणको खेलमा पर्वतले तनहुँलाई ६८–४३ ले पराजित गर्दा म्याग्दीले स्याङ्जालाई ७३–३० को स्कोरले पाखा लगायो ।

प्रतियोगितामा कास्की, तनहुँ, गोरखा, लमजुङ, पर्वत, स्याङ्जा, म्याग्दी गरी ७ जिल्लाले भाग लिएका छन् । अन्तिम समयमा बागलुङले सहभागिता नजनाउँदा बिहीबारको खेलमा कास्कीले वाकओभर पाएको थियो ।

प्रदेश खेलकुद परिषद गण्डकी उपाध्यक्ष एवं कास्की बास्केटबल संघका अध्यक्ष धोजकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्यसचिव श्रीधर शर्माले दशौं राष्ट्रिय प्रतियोगिताका लागि यस प्रकारका प्रतियोगिताहरुले सहयोग गर्ने बताउँदै युवा खेलाडी उत्पादनमा समेत प्रभावकारी हुने उल्लेख गरे । कार्यक्रममा संघका कृष्ण गुरुङले पनि बोलेका थिए ।

उपाधि विजेताले ६० हजार र उपविजेताले ४० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी २ सेमिफाइनलिस्ट टिमले १०/१० हजार प्राप्त गर्ने छन् । शुक्रबारको खेलमा पर्वत र स्याङ्जा, म्याग्दी र तनहुँ, कास्की र गोरखाले प्रतिस्पर्धा गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width