गण्डकी कबड्डी संघमा पवन

आदर्श समाज सम्वाददाता
जेठ २४, २०८०
kabaddi pawan

पोखरा । पवनकुमार प्रजापतीको अध्यक्षतामा १२ सदस्यीय गण्डकी प्रदेशस्तरिय कबड्डी संंघ गठन भएको छ ।

पोखरामा मंगलबार प्रथम अधिवेशनले पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष समेत रहेका प्रजापतीको अध्यक्षतामा संघ गठन गरेको हो । समिति उपाध्यक्षमा भरतकुमार श्रेष्ठ र नीराजन श्रेष्ठ छन् । सचिवमा हरि जिसी र कोषाध्यक्षमा विन्दु थापामगर छन् ।

सदस्य सन्दीप पन्त, हरि सिग्देल, युवराज श्रेष्ठ, रविन्द्र खाती क्षत्री, विज्ञान नेपाली, विकास बानियाँ र तेजबहादुर विष्ट चयन भए ।

खेलकुद विकास ऐन, २०७७ अनुसार पहिलो पटक समिति गठन भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारिणी सदस्य ऋषिराम गौतम र नेपाल कबड्डी संघका उपाध्यक्ष वीरेन्द्रकुमार यादवको विशेष उपस्थितिमा सम्पन्न भेलामा कास्की, तनहुँ, गोरखा, बागलुङ र म्याग्दीको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width