कास्की जिल्ला बक्सिङ सघंको अध्यक्षमा श्रेष्ठ

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८०
Boxing todayssf

पोखरा । कास्की जिल्ला बक्सिङ सघंको पाँचौ अधिवेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

संघको प्रथम उपाध्यक्ष राजबहादुर कोइराला, द्वितीय उपाध्यक्ष सन्तोष कार्की, सचिव शिशिर थापा मगर, सहसचिव भक्त तामाङ र कोषाध्यक्ष संजोग पराजुली चयन गरेको छ । सदस्यहरूमा सूर्य थापा, अर्जुन गुरुङ, दिनेश बानिया, प्रदीप गुरुङ, विश्व गुरुङ र महिला सदस्य प्रियंका गुरुङलाई सर्वसम्मत चयन भए ।
नेपाल राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य एवं पूर्व बक्सिङ खेलाडी राजेश गुरुङले खेलकुद क्षेत्रमा सरकार उपयुक्त बजेट नै नछुट्याएको भन्दै सरकारसमक्ष गुनासो गरेका थिए । सरकारको बेवास्ताका बाबजुद पनि उनले गण्डकी प्रदेशस्तरीय बक्सिङ टुर्नामेन्ट गर्ने घोषणासमेत गरेका छन् ।

अधिवेशनमा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य मानबहादुर भण्डारीले सर्वसम्मत नयाँ नेतृत्वले बक्सिङ खेलको लागि राम्रो गर्ने विश्वास व्यक्त गरे ।
यसैबीच खेलकुद पत्रकार मञ्चबाट लाइफटाइम एचिभमेन्ट प्राप्त गरेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराई (२०७९) र पश्मिाञ्चल खेलकुद विकास समितिका प्रशिक्षक निर्देशक विद्या मर्सानी (२०८०) लाई सम्मान गरिएको थियो । सो अवसरमा सन् १९६४ का ओलम्पीयन रामप्रसाद गुरुङ, १९८४ का ओलम्पीयनहरू उमेश मास्के, प्रवीण तुलाधर, मानबहादुर श्रेष्ठ, बिष्णुसिंह, रामबहादुर गिरी र डम्बरदत्त भट्टलयागत बक्सिङ खेलाडी उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width