अमेरिकाका गणित प्राध्यापक मदरल्याण्डमा

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८०
motherland

पोखरा । अमेरिकादेखि गणित कार्यक्रम तथा प्रयोगसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन (एएमएनएस २०२३) मा सहभागी हुन पोखरा आएका प्राध्यापकहरूले मदरल्याण्ड माविको अवलोकन तथा भ्रमण गरेका छन् ।

विद्यालयका संस्थापक निर्देशक त्रिभुवन शर्माको अनुरोधमा सोप्रोन विश्वविद्यालय हङ्गेरीका प्राध्यापक लासजिलो स्जाले, राजकीय इन्जिनियरिङ कलेज भारतका प्राध्यापक अनुराग शुक्ला र डेलावेर विश्वविद्यालय अमेरिकाका डा. मीन रानाभाटलाई विद्यालयका संस्थापक तथा एकेडेमिक डिन प्रेमनारायण पोखरेलले फूलमालाले स्वागत गरे ।

गणित विषयका प्राध्यापकहरूको अन्तर्राष्ट्रिय सम्मेलन हालै पोखरामा सम्पन्न भएको थियो । सोही अवसरमा नेपाल आएका प्राध्यापकहरूले कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका गणित विषयका कक्षा र व्रिmयाकलापको अवलोकनका साथै यस विद्यालयका गणित विभागका शिक्षकहरू र विद्यार्थीहरूसँग पनि अन्तक्र्रिया गरेको प्लस टु विज्ञान समूह संयोजक तथा गणित शिक्षक एलबी गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width