लक्ष्मी आवासीय  प्राचार्यमा डा. पौडेल

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८०
LA news

पोखरा । पोखरा ८, न्युरोडस्थित लक्ष्मी आवासिय माविमा डा. विश्वयुधीर पौडेलले मंगलबारदेखि प्राचार्यको कार्यभार सम्हालेका छन् ।

पदरभार सम्हाल्दै उनले २१ औं शताब्दीको गुणस्तरयुक्त शिक्षा दिन सक्ने बनाउन आफूले हालसम्म प्राप्त विज्ञता, दक्षता र अनुभव उपयोगी हुने बताए । उनले विद्यालयलाई थप उचाइमा पु¥याइ आउँदो २ वर्षमा पोखराको अग्रणी विद्यालयको रुपमा चिनाउने लक्ष्य रहेको बताए ।

काठमाडौं विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि गरेका पोखरा अर्चलबोट निवासी डा. पौडेल प्रशिक्षक मात्रै नभइ कुशल व्यवस्थापक हुन् । काठमाडौं र पोखराका धेरै शैक्षिक संस्थाहरुको नेतृत्व तहमा समेत रहेर कार्य गरेको उनको अनुभव छ ।

पदस्थापन समारोहमा विद्यालयका संस्थापक लिलावती प्रधान र निवर्तमान प्राचार्य शालिकराम अधिकारीको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts