पोखरा। ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी निर्देशक राजयोगिनी ब्रह्मकुमारी परिणिताले आध्यात्मिक ज्ञानले जीवन नैतिकवान् बनाउने बताएकी छन् ।
ब्रह्मकुमारी इश्वरिय विश्वविद्यालय क्षेत्रीय कार्यालयले आयोजना गरेको स्नेह मीलन एवं परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले आध्यात्मिक ज्ञान र राजयोगबाट जीवनलाई नैतिकवान् र शान्त बनाउन सकेमा वर्तमान र भविष्यलाई उज्ज्वल बनाउन सकिने उनले बताइन् ।
मानिसले आध्यात्मिक शिक्षा प्राप्त गरी काम, क्रोध, लोभ, मोह र अहंकारको अन्त्य गरी सुख र शान्ति प्राप्त गर्न सकिने उनको भनाइ थियो । कार्यक्रममा विश्वविद्यालयका महासचिव शैलेशराज बरालले जीवन र जगतलाई बुझ्न सकेमा वा ज्ञान आर्जन गर्न सकेमा परमात्मालाई नजिकबाट चिन्न र जान्न सकिने बताए ।
आध्यात्मक शिक्षाका साथै विभिन्न सामाजिक सेवामा क्रियाशील विश्वविद्यालयले विश्वभर १ सय ५० भन्दा बढि देशमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा १० हजारभन्दा शाखा रहेको उनले बताए । नेपालभर एक हजार ५ सय शाखा÷उपशाखा विस्तार गरेको जानकारी दिए । कास्कीमा २७ शाखा÷उपशाखा रहेकोमा पोखरामा मात्र २२ शाखा÷उपशाखा र ६० भन्दा बढी पाठशाला भएको जानकारी दिए ।
सोही कार्यक्रममा राजयोगी चित्राञ्जन भाइले ‘पिस अफ माइन्ड’ च्यानलबाट ब्रह्मकुमारीका बारेमा प्रचारप्रसार गरिरहेको जानकारी दिए । यस अन्तर्गत नयाँ विचार नया जीवन र नयाँ दिग्दर्शन कार्यक्रम प्रशारण भइरहेको उनले बताए ।
Related News
सम्बन्धित समाचार
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१