पोखरामा खुला कायाकिङ प्रतियोगिता हुने

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८०
kayaking

पोखरा । पोखरामा खुला कायाकिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद्को आयोजना तथा नेपाल र्‍याफटिङ तथा क्यानानिङ संघको समन्वयमा जेठ १२ गते प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिँदै प्रदेश खेलकुदका सदस्य तथा साहसिक खेलकुदका संयोजक वसन्तराज दवाडीले प्रतियोगितामा करिब ३० जनाको सहभागिता हुने अनुमान गरे ।

‘वाटर स्पोर्टस्’को विकाससँगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै संयोजक दवाडीले प्रतियोगिता पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने जानकारी दिए । ‘यो स्थान ह्वाइट वाटर कायाकिङका लागि निकै सुगम ठाउँ हो,’ उनले भने,‘यो ठाउँलाई कायाकिङ खेलको विकासका लागि समेत प्रवद्र्धन गर्नु प्रतियोगिताको अर्काे उद्देश्य हो ।’

सेती र मर्दीको दोभानबाट सुरु हुने प्रतियोगिता याम्दीमा पुगेर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने परिषद्ले जानकारी दिएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने खेलाडीले क्रमश: नगद ३५ हजार, २५ हजार, १५ हजार, १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width