पोखरा । २५६७ औं बुद्ध जयन्ती मनाउन आयोजक समितिले आठ दिने कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
२५६७ औं बुद्ध जयन्ती समारोह समिति कास्कीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी वैशाख २२ गते शान्ति ¥याली र पोखरा सभागृहमा मूल समारोह आयोजना गरिने जानकारी दिएको हो ।
वैशाख पूर्णिमाको उक्त दिन शान्ति पदयात्रा धर्मशीला बृद्ध विहारबाट साडे ११ बजे सुरु भई महेन्द्रपुल नयाँबजार हुँदै सभागृहमा पुगी १ बजे धर्मसभामा परिणत हुने जनाइएको छ । तिलकुमारी हेल्मो र नरेन्द्र लालचनलाई कार्यक्रममा सम्मान गरिने छ । धर्मशीला बुद्धविहारका मुख्य भिक्षु धजवन्तो कार्यक्रमका प्रमुख अतिथि रहने छन् । युवा बौद्ध संघ र धर्मशीला बुद्ध विहारले ¥यालीको संयोजन गर्ने छन् ।
बुद्धजयन्तीका कार्यक्रम वैशाख १५ गतेबाट नै आरम्भ हुने छन् । उक्त दिन साइकल ¥याली आयोजना गरिने छ । सो ¥याली कनिङ घेछेलिङ गुम्बा दीपबाट सुरु भई विश्व शान्ति स्तुत अनदु पुग्ने छ । दोस्रो दिन १६ गते निःशुल्क स्वास्थ्य शिविर, भोजन दान र प्राणदान अर्थात् माछा छेत्तर छाड्ने काम हुने छन् । वैशाख १८ गते गणचन्द्र पुजा, बुद्ध पुजा, रक्तदान र आर्थिक सहयोगका कार्यक्रम हुने छन् । वैशाख १९ गते भिक्षु शुभद्र स्मृति सभा र धर्मदेशना गरिने छ । २० गते सरसफाई र वृक्षरोपणका कार्यक्रम समेटिने छन् । वैशाख २१ गते प्रभातफेरि र २२ गते बुद्ध पुजा तथा दीप प्रज्वलन गरिने छ ।
कम्तिमा एक दिन भए पनि बुद्ध जयन्तीका दिन विभिन्न शक्तिपीठहरुमा वलि रोक्न र माशुका लागि काटमार नगर्न आग्रह गरिएको समितिका अध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङले पत्रकार सम्मेलनमा बताए । वैशाख पूर्णिमा नेपाली भुमि लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण जस्ता तीन महत्वपूर्ण संयोग परेको दिन हो । यस दिनलाई विश्वभरिका शान्ति प्रेमिहरुले विशेष महतव दिएर सिद्धार्थ गौतम बुद्धको गुण स्मरण गर्ने पर्वका रुपमा परापूर्व कालदेखि मनाइँदै आइएको छ ।
पोखरामा २०६० को दशकको प्रारम्भबाट पोखरा क्षेत्रभित्रका सबै जनजाति बौद्ध मार्गीहरुलाई समेटेर सामूहिक रुपमा बुद्ध जयन्ती मनाउन थालिएको हो । सो अवसरमा समाजसेवी विश्वरत्न शाक्यले बुद्ध जयन्ती पोखरामा कसरी मनाउन थालियो भन्ने बारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव बालकुमारी गुरुङले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
भूकम्पले क्षति पुर्याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१