लमजुङमा २८११ परीक्षार्थी

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७९
see lamjung

लमजुङ । लमजुङबाट २ हजार ८ सय ११ जना परीक्षार्थी सामेल हुँदैछन् । तीमध्ये १ सय ६४ जना प्राविधिक धारको परीक्षा दिने हुन् । गत वर्ष तुलनामा यो वर्ष परीक्षार्थी कम छन् । गत वर्ष ३ हजार १७ जनाले एसइई दिएका थिए ।

जिल्लाभरका ८७ माविका छात्रछात्राले दिने यो परीक्षाको लागि सबै केन्द्राध्यक्षलाई प्रशिक्षण दिएर आवश्यक सामग्रीसहित पठाइएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख बीरबहादुर गुरुङले बताए ।

परीक्षाका लागि जिल्लामा १७ परीक्षा केन्द्र तोकिएको छ । ती केन्द्रको क्षमता अनुसार विद्यालय र परीक्षार्थी संख्या मिलाइएको गुरुङको भनाइ छ । सबैभन्दा कम ६८ परीक्षार्थीहरू सर्वोदय मावि दुराडाँडामा र सबैभन्दा बढी सदरमुकामस्थित जनविकास माविमा ३ सय ४ परीक्षार्थी सहभागी हुँदैछन् । एक परीक्षा केन्द्रमा कम्तीमा ३ विद्यालय र बढीमा ८ विद्यालयका परीक्षार्थीले जाँच दिने प्रबन्ध गरिएको गुरुङको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width