प्रदेश १ को बुधबार बसेको प्रदेश सभाको बैठकले एउटा ऐतिहासिक निर्णय गरेर आफ्नो प्रदेशको नाम ‘कोशी’ राखेको छ । कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो भने मतदानमा ६ जना अनुपस्थिति थिए । प्रदेश सभाको यो निर्णयले ५ वर्षदेखि अनिर्णयको बन्दी रहेको विषयलाई एउटा टुंगोमा पुर्याएको छ । प्रदेश सरकारले यो निर्णयलाई एउटा ऐतिहासिक निर्णय मानेर प्रदेशमा सार्वजनिक बिदा दिएको थियो । अरु ६ प्रदेशहरुले समयमै आफ्नो नामकरण गरे तापनि यो प्रदेशले प्रदेशको नाम जुराउन सकेको थिएन । त्यसले प्रदेशका सभासदहरु र मन्त्रीहरुलाई समेत अप्ठ्यारो गरेको थियो । यस पटक कोशी प्रदेश पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपासहित प्रमुख दलहरु उभिएका थिए ।
कोशी प्रदेशअन्तर्गत १४ जिल्ला छन् । ती जिल्लाहरु एकपछि अर्को महत्वका छन् । यही प्रदेशमा विश्वप्रसिद्ध सगरमाथा हिमाल अवस्थित छ भने वराह क्षेत्रपनि यही प्रदेशमा छ । किराँत, राई, लिम्बुहरुको उद्गमस्थल पनि यही प्रदेशमा पर्दछ । यसको राजधानी विराटनगरमा विराट राजाको दरबार भएको अनुमान गरिएको छ । त्यस्तो महत्वपूर्ण ठाउँ भएकोले पहिचान आधारमा प्रदेशको नाम हुनु पर्दछ भनेर एक पक्षले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएको छ । कोशी पनि त्यहाँको महत्वपूर्ण नाम हो । पूर्वी नेपालमा सुनकोसी, इन्द्रावती, दूधकोसी, तामाकोसी, तमोर, अरुण र लिखु मिलेर सप्तकोसी बन्दछ । कोशी एक नदीमात्र होइन, यो भूगोल हो । कोशी धार्मिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । कोशी सभ्यता पनि हो । यसको किनारमा प्राचीन बस्तीहरु छन् । ती बस्तीहरुमा अनेक धर्म र संस्कृतिको विकास भएका छन् । ती धर्म र संस्कृतिले अनेकतामा एकता नेपालको विशेषता भन्ने उक्तिलाई चरितार्थ गरेका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरको आफ्नै महत्व छ । यही क्षेत्रमा महाभारतकालमा पञ्च पाण्डवहरु गुप्तबास बसेका थिए । महाभारतकालीन भग्नावशेषहरु यहाँ यत्रतत्र देखिन्छन् । त्यत्तिमात्र होइन, वर्तमान अवस्थामा पनि विराटनगरको आफ्नै महिमा छ । यहाँका कोइराला परिवारको राजनीतिमा अतुलनीय योगदान छ । एउटै परिवारका मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए । २००७ सालमा भएको यहाँको मजदुर आन्दोलनलाई ऐतिहासिक आन्दोलन मानिन्छन् । औद्योगिक र व्यापारिक दृष्टिबाट पनि यसको ठूलो महत्व छ । यस्तो महत्वपूर्ण क्षेत्रलाई राजधानी मानेर कोशी प्रदेश अग्रसर हुनु ठूलो कुरा हो । कोशी प्रदेशले ढिलै भए पनि एउटा ऐतिहासिक निर्णय गरेको छ । यो महत्वपूर्ण निर्णय गर्ने सबै धन्यवादका पात्र हुन् ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१