राष्ट्रपतिको पदलाई संवैधानिक पद भनिन्छ । संवैधानिक पद भएकोले सक्रिय राजनीति गर्नेहरु त्यस पदका लागि त्यत्ति मरिहत्ते गर्दैनन् । चुनावमा पनि त्यति रस्साकसी हुँदैन । तर यस पटकको राष्ट्रपतिको चुनाव बेग्लै किसिमको रह्यो । यो चुनावले राजनीतिमा भूकम्प नै ल्याइदियो । भूकम्पले सत्ता गठबन्धनमा चिरा पारिदियो । गठबन्धनका ठूला पार्टी एमाले र माओवादीलाई अलग बनाइदियो भने माओवादीलाई कांग्रेसको नतिजा पु¥याइदियो । एमालेले सुरुदेखि राष्ट्रपति पद आफूले पाउनुपर्ने जिकिर गरिरहेको भने माओवादीले राष्ट्रिय सहमति भन्दै त्यो पद कांग्रेसको पोल्टामा राख्ने प्रयास गरियो । १३ गते राष्ट्रपति पदमा मनोनयन गरिँदा ती सबै कुरा प्रष्ट भयो । राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रत्यासी बनेका छन् भने एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार बनेका छन् ।
यो चुनावको रोचक पक्ष के पनि हो भने राष्ट्रपतिका ती दुवै उम्मेदवार पूर्व सभामुख हुन् । उम्मेदवार पौडेल २०५१ सालको निर्वाचनपछि सभामुख भएका थिए भने नेम्वाङ संविधान सभामा अध्यक्ष भएका थिए भने त्यसपछिको प्रतिनिधिका सभामुख भएका थिए । उनी न्याय कानुनमैत्री पनि भएका थिए भने पौडेल धैरै पटक मन्त्री भएर उप–प्रधानमन्त्री समेत भएका थिए । उनी सरल र सादगीका रुपमा चिनिन्छन् भने नेम्वाङ मीठो बोली र भलाद्मीका रुपमा परिचित छन् । उनीहरुको समानता के पनि छ भने दुवैले विद्यार्थी अवस्थादेखि राजननीति गरेका हुन् । पौडेल २०१६ सालदेखि कांग्रेसी राजनीतिमा होमिएका हुन् भने नेम्वाङ अखिलको राजनीति गर्दै कम्युनिस्ट पार्टीमा लागेका हुन् । राजनीतिमा दुवै अनुभवी व्यक्ति हुन् र अनुभवमा खारिएका व्यक्तिमा गनिन्छन् ।
राष्ट्रपति पदको निर्वाचन प्रयोजनका लागि प्रतिनिधि सभा, राष्ट्रिय र प्रदेश सभा सदस्य मतदाता रहन्छन् । तिनीहरुको सबैको मतभार ५२ हजार ६ सय २८ छ । तीमध्ये बहुमत अर्थात् २६ हजार ३ सय १५ मतभार ल्याउनु पर्दछ । बहुमत कसले ल्याउँछ, त्यो उत्सुकताको विषय भएको छ । पार्टीहरुको कहाँ लाग्छन्, त्यो प्रष्ट छैन । अहिले सामान्यतया नेम्वाङको मनोनयपत्रको प्रस्तावक र समर्थनमा एमालेकै नेताहरु मात्र देखिएका छन् भने पौडेलको समर्थक र प्रस्तावकमा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक समाजपार्टी, जनमत पार्टीदेखि जनमोर्चासमेत रहेका छन् । अन्य पार्टीहरु खुलेर बाहिर आएका छैनन् । १२ दिनमा उनीहरुले पनि आफ्नो पोजिसन प्रष्ट पार्ने अनुमान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधानिकताको टुंगो आज
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१