राष्ट्रपति पदका लागि फागुन २५ गते निर्वाचन हुँदै छ । त्यो निर्वाचनको लागि उम्मेदवार हुनेले यही फागुन १३ गते मनोनयन पत्र दर्ता गर्नु पर्दछ । यो मिति नजिकै आएको छ । यो मिति जति नजिक आएको छ, उति राजनीति तात्तिदै गएको छ । राष्ट्रपति को होला र कस्तो व्यक्ति होला भन्ने जिज्ञासा बढ्दै गएको छ । राष्ट्रपति राष्ट्रको सर्वाधिक माथिल्लो पद हो । यो साझा पद हो । राष्ट्रपति संविधानको संरक्षक हो, पालक हो र राष्ट्रिय एकताको प्रतीक हो । राष्ट्रपतिको गरिमा अतुलनीय छ । त्यसको ठूलो महत्व भएकोले अहिले चर्चा पनि बढी नै भएको छ । त्यसको लागि राजनीति गर्नेहरुले धेरै अभ्यास गरिरहेका छन् र सम्भावित धेरै व्यक्तिहरुको नाम बाहिर ल्याएका छन् । राजनीतिक क्षेत्रका अतिरिक्त, गैरराजनीतिक क्षेत्रका व्यक्तिहरुको नाम पनि चर्चामा आएका छन् ।
बाहिर चर्चामा धेरै नाम आए तापनि चुनावमा महत्वपूर्ण भूमिका खेल्न सक्ने पार्टीहरु नेपाली कांग्रेस, एमाले र माओवादीले आफ्नो उम्मेदवार उल्लेख गरेका छैनन् । एमालेले पुस १० गते माओवादीसँग भएको सहमतिअनुसार आफ्नो उम्मेदवारलाई माओवादीले समर्थन गर्नुपर्ने र राष्ट्रिय सहमति गर्ने भए आफ्नै उम्मेदवारलाई गर्नुपर्ने अडान राखेको छ भने कांग्रेसले आफू सबभन्दा ठूला दल भएकोले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारलाई पु¥याउनु पर्ने जिकिर गरिरहेका छन् । माओवादी भने राष्ट्रिय सहमतिमा राष्ट्रपति हुनुपर्नेमा जोड दिँदै छन् । महत्वपूर्ण तीन पार्टीहरुका तीन थरी विचारले राजनीति तात्तिँदै गएको छ । एमालेले संकेत गरेको भद्र सहमति माओवादीले मान्ने पक्षमा नभएको प्रष्ट संकेत गरेको छ । त्यस्तो भद्र सहमति एमालेले पहिले कुनै बेला तोडेको माओवादीका नेताहरुले सम्झने गरेका छन् ।
राष्ट्रपति चुनावको बेला धेरैको नाम चर्चामा छ । यस्तो नाम पनि चर्चामा छ जसले संविधान घोषणा भएको बेला संविधान मान्दैनौं भनेर विरोध गरेका थिए । संविधानको स्वामित्व ग्रहण गर्न इन्कार गरेका थिए । राष्ट्रपतिको चुनावको बेला ती सबै कुरा आउने गरेका छन् । राष्ट्रपतिका विगतका क्रियाकलाप, राष्ट्रपति र सरकारबीच भएको सम्बन्ध र त्यसले सरकारको काममा भएको प्रभाव आदिले पनि यस पटक राष्ट्रपति आफ्नै मान्छे हुनुपर्ने रहेछ भन्ने भुक्तभोगीहरुको भनाइ रहेको छ । अनुभव आ–आफ्नै होला, त्यो बेग्लै कुरा हो । तर राष्ट्रपतिले कुनै पार्टी विशेषसँग संलग्नता राख्नुहुँदैन । पार्टीहरुभन्दा माथि रहनु पर्दछ, सबैको हुनुपर्दछ । सबैको साझा हुनुपर्दछ । उसको बोलीचाली र व्यवहार आदि पनि त्यहीअनुसार विकसित गरिनु पर्दछ । विशिष्ट व्यक्तिका रुपमा उसले आफूलाई प्रस्तुत गर्न सक्नुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१