बिटी कपमा क्वाटरफाइनल समीकरण

आदर्श समाज सम्वाददाता
माघ २९, २०७९
BT cop

पोखरा । १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा क्वाटरफाइलनल समीकरण पूरा भएको छ ।

पुरानो टुँडिखेल मैदानमा शनिबार पहिलो खेलमा लामागाउँ एफसीले लेकसाइड एफसीलाई ४–१ गोलअन्तरले पराजित ग¥यो । लामागाउँको जीतमा अनुज भण्डारीले ह्याट्रिक गर्दा सरोज तामाङले १ गोल गरेको खेल संयोजक विनोद गुरुङले जनाए ।

दोस्रो खेलमा एलजी एसोसिएसनले विष्णुपादुका क्लबलाई १–० गोलअन्तरले पराजित ग¥यो । एलजीको जीतमा आनन्द दुराले निर्णायक गोल गरे । तेस्रो खेलमा आयोजक बिटी ह्वाइट र सत्य युवा क्लबबीच भएको खेल निर्धारित समयमा २–२ गोलमा बराबरी भएपछि ट्राइबेकरमा आयोजक बिटी ह्वाइटले ६–५ अन्तरले जीत निकाल्यो ।
अन्तिम खेलमा गन्नी एफसीले वी आर ब्रदर्शलाई पराजित ग¥यो । ३–१ गोलअन्तरले हराउँदा सुनील घोतानेले २ र सन्जीव रानाले १ गोलको योगदान दिए । वी आरका मान्नाले सान्त्वना गोल फर्काए ।

बुद्धटोल युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल १ फागुनमा हुनेछ । विजेतालाई १ लाख ६१ हजारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेताले १ लाख १ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने क्लब अध्यक्ष असिम थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width