बेगनासतालमा छाडियो १० हजार भुरा

आदर्श समाज सम्वाददाता
माघ २४, २०७९
begnas

हेमजा । मत्स्य अनुसन्धान केन्द्र बेगनासले विश्व सिमसार दिवसको अवसरमा बेगनासतालमा स्थानीय जातका १० हजार भुरा छाडेको छ । केन्द्रले जनचेतना कार्यक्रमसमेत गरी सिमसारको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै मत्स्य जैविक विविधता कायम राख्ने उद्देश्यका साथ यो दिवस मनाइएको हो । यस अवसरमा केन्द्रको कार्यालयबाट सुरु सचेतनामूलक ¥याली बेगनासताल बजार हुँदै पिप्लेडाँडाको कुनासम्म पुग्यो ।

कार्यक्रममा पोखरा ३१ का अध्यक्ष ढकनाथ कँडेलले बेगनास तालको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै स्थानीय माछाको जैविक विविधता कायम गर्न मत्स्य प्रजननको समयमा नियन्त्रित माछा समात्ने कार्यलाई निरोत्साहित गर्नुपर्ने धारणा राखे ।

मत्स्य अनुसन्धान केन्द्र प्रमुख डा.मो.इकबाल हुसेनले सिमसार क्षेत्रको दु्रत क्षतिलाई उल्टाउन तथा संरक्षण एवं पुनस्र्थापनामा प्रोत्साहित गर्नका लागि राष्ट्रिय चेतना जगाउनु जरुरी भएको औंल्याए ।

त्यस अवसरमा कास्की मत्स्य व्यवसायी समितिका अध्यक्ष दयाराम तिवारी, रुपाताल पुनस्र्थापना तथा सहकारीका अध्यक्ष शिवराज अधिकारीलगायत बेगनास मत्स्य व्यवसायी समितिका सदस्यहरुले पनि बोलेका थिए । उनीहरुले स्थानीय माछाको जैविक विविधता संरक्षण तथा तालहरुको रेखदेख गर्नुपर्ने स्पष्ट पारे ।

विश्व सिमसार दिवस हरेक फेब्रुअरी २ मा मनाइन्छ । जसको उद्देश्य सिमसारको महत्वपूर्ण भूमिकाको बारेमा विश्वव्यापी चेतना जगाउनु हो । यो दिनले इरानी सहर रामसारमा सन् १९७१ फेब्रुअरी २ मा सिमसारसम्बन्धी महासन्धि पारित भएको मितिलाई पनि चिनाउने गर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width