फेन्सिङमा गण्डकीलाई स्वर्ण

आदर्श समाज सम्वाददाता
माघ २१, २०७९
fensing sports

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको राष्ट्रिय इपी फेन्सिङ प्रतियोगितामा जुनियर पुरुष र महिला विधामा गण्डकीले स्वर्ण जितेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार जुनियर पुरुष (यु–२०) तर्फ नवराजजंग कार्की र महिलातर्फ क्रिपा गुरुङले स्वर्ण जितेका हुन् ।

पुरुषतर्फ गण्डकीकै प्रशान्त गुरुङले रजत, सचिन खत्री र बागमती प्रदेशका राहुल दर्शनले कास्य जिते । महिलातर्फ सुदूरपश्चिम प्रदेशकी रेश्मा जैसीले रजत, प्रदेश १ का शान्त विक र सञ्जिवनी चौधरीले कास्य जिते । कास्की जिल्ला फेन्सिङ संघको प्राविधिक तथा व्यवस्थापनमा भएको प्रतियोगितामा गण्डकी, बागमती, सुदूरपश्चिम, प्रदेश १, एपीएफसहित ६० खेलाडीले भाग लिएका छन् । शनिबार खुलातर्फको प्रतिस्पर्धा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width