ह्विलचेयर बास्केटबलमा आयोजक विजयी

आदर्श समाज सम्वाददाता
माघ २१, २०७९
basketball winner

पोखरा । पुरुष तथा महिला ह्विलचेयर बास्केटबल प्रतियोगितामा आयोजक पोखरा महानगरपालिका विजयी भएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिले शुक्रबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना गरेको प्रतियोगितामा हरियोखर्क अस्पताल दोस्रो र महिला–पुरुष सहभागी मिक्स टिम तृतीय भए ।

उनीहरुलाई क्रमशः २५ हजार, १५ हजार र ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरियो । प्रतियोगितामा ४ टिमले भाग लिएका थिए । अपांगता खेलकुद समाज, कास्कीको टिमले सान्त्वना पुरस्कार स्वरुप ३ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त ग¥यो ।

पोखरा महानगरपालिकाको टिमका भरत बानियाँले ८ स्कोर गर्दै सर्वाधिक स्कोररको ट्रफी र प्रमाणपत्र पाए । हरियोखर्क अस्पतालका सुरेश गौली म्यान अफ द म्याच बने ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले महानगरपालिकाले खेलकुद विकास र खेलाडी उत्पादन गर्न निरन्तर प्रतियोगिता गरिरहेको भन्दै प्रशंसा गरे । उनले अपांगता भएकाहरुलाई प्रोत्साहन गर्न आयोजित प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले ह्विलचेयर बास्केटबल प्रतियोगिताले अपांगता भएकाले पनि खेल्न सक्छन् भनेर राम्रो सन्देश दिएको बताए । उनले आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width