पोखरा । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले पोखरामा भएको जहाज दुर्घटना पछिका प्रक्रियागत विषय ढिला भएको बताएकी छिन् । गण्डकी प्रदेश सभाको पहिलो अधिवेशन, छैटौ बैठकको विशेष समयमा गुरुङले माघ १ गते सेती खोंचमा भएको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शव पहिचानमा ढिलाई भएको बताएकी हुन् ।
‘दुखद दुर्घटनाबाट ज्यान गुमाउनुभएका अधिकांशको शव आफन्तले बुझिसक्नुभएको छ । अझै केही शवको निक्र्यौल हुन सकेको छैन,’ उनले भनीन्, ‘आज म सभामुख ज्यू मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु कि सबैको शव तत्कालै पहिचान गरी आफन्तलाई बुझाइयोस् । अन्यथा आफन्त गुमाउनुको पीडा सँगै शव प्राप्त गर्न नसकेको पीडा थपिएको छ ।’ मृतकका परिवारलाई उचित राहात र क्षतिपुर्तिको व्यवस्था गर्न संघ सरकार, एयरलाइन्स कम्पनी र सरोकारवाला सम्पूर्णसँग उनले आग्रह गरेकी छिन् । राज्यले उचित क्षतिपुर्ति, परिवारका सदस्यहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ज्ञारेण्टी गरिदिनुपर्ने उनको भनाई थियो ।
साथै दुर्घटना पछिका प्रक्रिया ढिलो र झण्झटीला भएको बताएकी छिन् । ‘हाम्रो प्रक्रिया र प्रणाली निकै झण्झटीला र लामा भए । दुर्घटनाको एक महिना पुग्न लागिसक्यो । अझै आफन्तले शव पाएका छैनन्,’ उनले भनीन्, ‘एक त शवको पहिचानमा समस्या, अर्को पहिचान भएका शवको पनि पोष्टमार्टमको लम्बेतान प्रक्रियाले पीडामाथी झनै पीडा थपेको छ ।’
आगामी दिनमा यस्ता दुर्घटना भैहाले झण्झटीला प्रक्रियालाई चुस्त बनाउन उनको आग्रह थियो । नेपाली हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन हर तरहले मेहनत गर्न सरकारसँग उनको आग्रह थियो । दुर्घटनाले नेपालको हवाई क्षेत्रमात्रै नभएर समग्र अर्थतन्त्रमा असर पारेको उनको भनाई थियो । ‘यहाँका पर्यटन क्षेत्र सुनसान छन् । पर्यटकीय सिजनका होटल बुकिङहरु धमाधम रद्द गरिएका गुनासा व्यवसायीहरुले गर्नुभएको छ । यसबारे सरकारको विशेष चासो पुगोस्,’ उनले भनीन् ।
Related News
सम्बन्धित समाचार
आदर्श समाजकर्मी विजय नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१