पढाइमा सघाउने क्रियटिभ ग्रुपको पुस्तक

आदर्श समाज सम्वाददाता
माघ १९, २०७९
PU Creative Group

पोखरा । पठनपाठनमा सघाउने गरी पोखरा विश्वविद्यालयका विद्यार्थीले खोलेको क्रियटिभ ग्रुपले पुस्तक प्रकाशनको तयारी गरेको छ ।

विद्यार्थीको पठनपाठन र यससँग सम्बन्धित जानकारी संग्रहित सो पुस्तक आगामी शुक्रबार विमोचन गरिने ग्रुपका पूर्व अध्यक्ष अशोक भट्टले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पुस्तकमा पुराना प्रश्नावलीको सँगालो, विद्यार्थी छात्रवृत्तिसम्बन्धी विवरण, परीक्षामा सोधिने सम्भावित प्रश्नहरु, पढाइ सम्बन्धित टिप्स र ट्रिक्स समावेश गरिएको भट्टले बताए । सो पुस्तक न्यु लुम्बिनी प्रकाशन थापाथलीले प्रकाशन गरेको हो । ग्रुप, उक्त प्रकाशन, विभिन्न क्याम्पस र विद्यार्थीले पुस्तक प्रकाशनका लागि रकम सहयोग गरेका छन् ।

२०७४ भदौमा ७ जना विद्यार्थीले खोलेको उक्त ग्रुपमा हाल पोखरा विश्वविद्यालयसँग सम्बन्धित विभिन्न संकाय र क्याम्पसका १ सय ५० जना विद्यार्थी आबद्ध छन् । ग्रुपले यसअघि पियु फेस्ट–२०२०, फस्ट इन्जिनियरिङ प्रदर्शनी– २०७४ र केन्द्रीय पुस्तकालयलाई पुस्तक सहयोग जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ । संस्थालाई अध्यक्षको रुपमा आशीष भट्ट, सचिवको रुपमा प्रकाश ऐर र अन्य पदाधिकारीले नेतृत्व प्रदान गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width