पोखरा । पोखरा–१३ कुँडहरस्थित बेसलाइन एकेडेमी स्कुलको रजत जयन्ती समारोह शनिबार सम्पन्न भएको छ । सो अवसरमा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम समेटिएका थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समारोको उद्घाटन गर्दै गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताए । उनले त्यसका लागि दक्ष जनशक्ति उत्पादनमा शिक्षाको महत्वपूर्ण भूमिका हुने बताए ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले बेसलाइनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र विद्यालय पनि व्यवस्थित भएको आफूले पाएको बताए । उनले आफ्ना सन्तानको नाचगान लगायतका प्रस्तुति अभिभावकको लागि गर्वको विषय भएको बताए ।
विद्यालयका प्रबन्ध निर्देशक षडानन्द गौतमले ७ सय विद्यार्थीले पठनपाठन गर्दै आएको र शिक्षक तथा कर्मचारी संख्या ८४ रहेको जानकारी दिए । समयको मागअनुसार गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदानमा विद्यालय निरन्तर अघि बढिरहेको विषय पनि उनले अवगत गराए ।
रजत जयन्ती समापन समारोहमा विद्यार्थीलाई विभिन्न शैक्षिक पुरस्कार प्रदान गरिएको थियो । खेलकुद र अतिरिक्त गतिविधिमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा शिक्षक शिक्षिका पनि सम्मानित भए ।
विद्यालय निर्देशक शोभालक्ष्मी पौडेल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा भद्रकाली माविका प्राचार्य राजेन्द्र भण्डारीले पनि भनाइ राखेका थिए । कार्यक्रम संचालन शिक्षक रामप्रसाद तिमिल्सेनाले गरेका थिए ।
‘पढाउनका लागि पढ, पढ्नका लागि पढाऊ’ भन्दै २०५४ सालमा स्थापना भएको बेसलाइन एकेडेमीले रजत जयन्ती अवसरमा चित्रकला प्रतियोगिता, एकल लोक नृत्य प्रतियोगिता, अंग्रेजी स्क्रयाबल प्रतियोगिता, नेपाली वक्तृत्वकला, सेभेन ए साइड फुटबल, स्वास्थ्य शिविर, मिनी म्याराथन, प्रभातफेरी लगायत कार्यक्रम आयोजना गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पिसिएममा पाइथन प्रोग्रामिङ तालिम
मर्दीखोला प्रतिष्ठानद्वारा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१