पोखरामा तामाङ समुदायले मनाए ल्होसार

आदर्श समाज सम्वाददाता
माघ ९, २०७९
pokhara losar pro

पोखरा । तामाङ समुदायले आइतबार पोखरामा २८५९ औं सोनाम ल्होसार मनाएका छन् । बैदाम तामाङ सेवा समाज पोखराको अयोजनामा आइतबार लेकसाइड खहरेमा रहेको पेमा देछेन लिङ गुम्बामा शुभकामना आदान प्रदान गरी ल्होसार मनाइएको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।
कार्यक्रममा ताम्बा टोलीद्वारा विभिन्न प्रस्तुति राखिएको थियो । धनबहादुर तामाङ, मनोज तामाङ, जीवन तामाङ, राजन तामाङ, बमबहादुर तामाङ र फरक योञ्जनले प्रस्तुति दिएका थिए ।

मिस तामाङको नृत्य, तामाङ सांस्कृतिक नृत्य लगायत कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङले बताए ।

नेपालको राष्ट्रिय संस्कृतिको कडी ल्होसार परम्परा र तामाङ संस्कृति भएको र ल्होसार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको समाजका अध्यक्ष तामाङले बताए ।

गुम्बाका लामा गुरु प्रेम लामाले दर्शनार्थीलाई वांग अभिषेक गराएका थिए । सहभागीले तामाङ समुदायले गुम्बामा पूजा गरेका थिए ।
समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन राम लामा र डोल्मा लामाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width