आर्चरीमा पदक विजेता सम्मानित

आदर्श समाज सम्वाददाता
माघ १, २०७९
archary~final

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा आर्चरीबाट पदक जित्ने गण्डकी प्रदेशका खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन् ।

गण्डकी प्रदेश आर्चरी संघ, कास्की जिल्ला आर्चरी संघ र अन्नपूर्ण आर्चरी क्लबले शनिबार पोखरामा संयुक्तरुपमा उनीहरुलाई सम्मान गरेको हो । २८ असोजदेखि ३ कात्तिकसम्म पोखरामा भएको प्रतियोगितामा आर्चरीमा गण्डकी प्रदेशले ७ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दै च्याम्पियन भएको थियो । नवौंमा १३ स्वर्ण, रजत र कास्य पदकका लागि प्रतियोगिता भएको थियो ।

पदक विजेता खेलाडीलाई साउथ एशियन तथा नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपक गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका नि. सदस्यसचिव घनश्याम पौडेल, गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष वसन्त थकाली, कास्की अध्यक्ष योगेन्द्र शेरचन, अन्नपूर्ण आर्चरी संघ अध्यक्ष वसन्त गौचनले अबिर, माला लगाउँदै सम्मानपत्र प्रदान गरे ।

साउथ एशियन तथा नेपाल आर्चरी संघ केन्द्रीय अध्यक्ष गुरुङले गण्डकी प्रदेशमा आर्चरीको सुविधासम्पन्न खेलमैदान रहेको भन्दै राष्ट्रिय टिममा पर्ने गरी तयारी गर्न खेलाडीहरुलाई आग्रह गरे । १९ औं एशियन गेम्स सन् २०२३ सेप्टेम्बरमा हुँदैछ, अब केही दिनमा राष्ट्रिय टिमको छनौट हुन्छ, सो टिममा पर्ने गरि मेहनत गर्नुहोला,’ उनले खेलाडीलाई सुझाव दिए ।

परिषद्का नि. सदस्यसचिव पौडेलले खेलाडीलाई बधाई दिंदै अबको २ वर्षमा हुने १० औं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीमा लाग्न आग्रह गरे ।

गएको पाँचौं राष्ट्रिय खेलकुदबाट खेल्न थालिएको आर्चरी छैटौंबाट मेडल गणना भएको थियो । सातौं र आठौंमा मेडल गणना भएन ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै