पोखरा । नेपालका नम्बर १ टेनिस खेलाडीद्वय प्रदीप खड्का र अभिलाषा विष्टले १९ औं माछापुच्छ«े बैंक पोखरा ओपन टेनिस सिंगल्सतर्फको उपाधि जितेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार पोखरा रंगशालामा ओपन सिंगल्स मेन्सतर्फ प्रदीप र वुमेन्सतर्फ अभिलाषाले उपाधि जितेका हुन् ।
मेन्स सिंगल्सतर्फ प्रदीपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते । उनले पहिलो सेट ६–३ ले जित्दै प्रनभमाथि दबाब बनाउने प्रयास गरेका थिए तर दोस्रो सेटमा खेलमा फर्किंदै १–६ ले जितेर प्रदीपलाई चुनौती पस्किएका थिए । सिंगल्सका उपाधि विजेता प्रदीप डबल्सतर्फको उपाधि विजेता समेत हुन् । नेहाल जंगबहादुर थापा र प्रदीपको जोडीले डबल्सतर्फ उपाधि जितेका थिए । तर अन्तिम सेटमा नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता प्रदीपले ७–५ ले खेल जित्दै उपाधिसहित ८० हजार साथमा ट्रफी हात पारे ।
उपविजेता प्रनभले ४० हजार प्राप्त गरे । सेमिफाइनलिस्ट ऋतिक राना र अकि जुवेन रावतले १०/१० हजार प्राप्त गरेको प्रतियोगिता संयोजक तथा कास्की टेनिसका उपाध्यक्ष नवीन चालिसेले जनाए ।
महिलातर्फ नेपालकी नम्बर १ टेनिस खेलाडी अभिलाषाले उपाधिसहित ८० हजारका साथमा ट्रफी हात पारेकी छन् । फाइनलमा उनले सर्भानी श्रेष्ठलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरिन् । उपविजेता सर्भानीले ४० हजार साथमा ट्रफी हात पारे । सेमिफाइनलिस्ट सुनिरा थापा र प्रकृति श्रेष्ठले जनही १० हजार पाए ।
३५ वर्षमाथि मेन्स भेट्रान्स सिंगल्सको उपाधि जितेन्द्र परियारले जितेका छन् । कमल भण्डारीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरी उनले उपाधि जितेका हुन् । उपाधिसहित जितेन्द्रले ६० हजार हात पार्दा उपविजेता कमलले ३० हजार प्राप्त गरेका छन् ।
४५ वर्षमाथि भेट्रान्स सिंगल्समा रोहित सुनुवार विजयी भए । रोहितले बिमल गुरुङविरुद्ध सुपर ट्राइब्रेकरमा फाइनलमा पराजित गरे । पहिलो सेट ६–४ ले जित्दै रोहितले आफ्नो पक्षमा पारे पनि दोश्रो सेट २–६ ले गुमाउन पुगे । अन्तिम सेटमा १०–४ ले जित्दै सो उमेर समूहको उपाधि सहित रोहितले ४० हजार प्राप्त गर्दा विमलले २० हजार हात पारे ।
प्रतियोगितामा महिला र पुरुष गरी २ सयभन्दा बढी खेलाडीले सहभागिता थियो
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि भने सौगात बिकले हात पारेका छन् । उनले १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपनतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै प्रतियोगिताको ‘मष्ट प्रोमिजिङ प्लेयर अफ द टुर्नामेण्ट’ को उपाधि सहित करिब ३५ हजार पर्ने साइकल प्राप्त गरेका छन् ।
बिजेता खेलाडीहरुलाई माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसी, केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, राजु श्रेष्ठलगायतले ट्रफी, नगद र प्रमाणपत्र वितरण गरेका थिए ।
माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसीले केसी ग्रुपले पोखराको खेलकुद र शिक्षाको क्षेत्रको विकासका लागि सहयोग गरिरहेको बताए ।
कास्की जिल्ला टेनिस संघ अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव नवीन श्रेष्ठले गरेका थिए । प्रतियोगितामा महिला र पुरुष गरी २ सयभन्दा बढी खेलाडीले सहभागिता थियो । प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख खर्च भएको आयोजकको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१