मेहतासहित ११ जना सम्मानित

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७९
ashok kumar mehta and ex indian army

पोखरा । भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहतासँगै ८४ वर्ष नाघेका ११ जना पोखरामा सम्मानित भएका छन् ।

२/५ जिआर (एफएफ/भिसी पल्टन) पूर्व सैनिक परिवार पोखराको १३६ औं जन्मजयन्ती अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ८४ वर्ष उमेर पुगेका पल्टनका सदस्य र उनीहरुका परिवारलाई सम्मान गरिएको हो ।

पल्टनका पूर्व सैनिक परिवारसँग आफ्नो ८४ औं जन्मोत्सव मनाउन मेहता पोखरा आएका थिए । ४ वर्षअघि उनले ८० औं जन्मोत्सवसमेत पोखरा ३२, लामेआहालस्थित बुद्धिमान गुरुङको घरमा मनाएका थिए । सन् १९९३ मा अदितिसँग पल्टनमा र त्यसपछि विन्ध्यवासिनी मन्दिरमा आई उनले बिहेसमेत गरेका थिए ।

कार्यक्रममा विभिन्न विषयमा स्नातक उत्तीर्ण सैनिकका परिवारका ९ जनालाई सम्मान गरिएको संस्थाका पूर्व सैनिक परिवार पोखरा अध्यक्ष सुदर्शनसिंह थापाले बताए ।

संस्थाका सचिव दलबहादुर गुरुङले समितिले वर्षमा २ पटक भिसिडे (२६ जुुन) र मालाकाण्ड डे (१० नोभेम्बर) मा वार्षिकोत्सव समारोह गर्ने गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width