पोखरा म्याराथन रुटले पायो अन्तर्राष्ट्रिय मान्यता

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७९
News Pokhara Marathon chitra

पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथन रुटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । एसोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एन्ड डिस्टेन्स रेसेस (एम्स) ले पोखरा अन्तर्राष्ट्रिय म्याराथन रुटलाई आधिकारिकता प्रदान गरेको हो । एम्सले म्याराथन ४२.१९५ किमी, १० किमी र २१ किमी (हाफ म्याराथन) लाई आधिकारिकता प्रदान गरेको हो ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रुट मापन नहुँदा लामो १६ औं संस्करणसम्म आयोजना सम्पन्न भएको दौडमा आधिकारिता विवाद हुँदै आएको नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।

एम्सका प्रतिनिधि अमिर शान्डीवानले गत भदौमा नेपाल आएर पोखरा म्याराथन सहित, काठमाण्डौ म्याराथन र नेपालगञ्ज म्याराथनको रुट मापन गरेका थिए । पोखरा म्याराथन पोखरा रंगशालाबाट सुरु भएर रुट पोखरा महानगर पालिकाका १७ वटा वडाहरु हुँदै पुनः पोखरा रंगशालामा नै पुगेर सम्पन्न हुने छ ।

पोखरा अन्तराष्ट्रिय म्याराथन यो वर्ष फागुन ६ गते शनिबार हुने तय भएको छ । योसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरुलाई आर्कषित गर्न आयोजक मञ्चले पुरस्कार राशिमा समेत वृद्धि गर्ने अध्यक्ष पराजुलीले जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width