लेखनाथमा महानगरको बजार अनुगमन

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७९
Lekhanath anugaman

पोखरा । पोखरा महानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । पोखरा महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले १ सातादेखि बजार अनुगमन गरिरहेको छ । पोखराका मुख्य बजारका पसलहरुमा गरिएको अनुगमनमा महानगर उपभोक्ता हित संरक्षण समितिले नेतृत्व गरेको छ । पोखरा २६ र २७ का ५ वटा खाद्य पसलमा बुधबार अनुगमन गरेको छ । अनुगमनमा मूल्यसूची नभएको, पसल दर्ता र पसल नवीकरण नभएका तथा म्याद नाघेका खाद्य सामग्री र नापतौल दर्ता र नवीकरण नभएका फेला परेको अनुगमनमा सहभागी महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले जानकारी दिए ।

अनुगमनमा ६ पसलका सञ्चालकलाई सम्पूर्ण कागजपत्रसहित महानगरपालिका, नापतौल तथा गुणस्तर कार्यालयमा ३ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको पौडेलले बताए । अनुगमनमा पोखरा २६ को राखी सप्लायर्स, सेम्सा डिपार्टमेन्ट स्टोर्सबाट म्याद नाघेका वस्तु बरामद गरी नष्ट गरिएको छ । बिबिटी जनरल स्टोर्स प्रालिलाई ३ दिनभित्र नापतौल कार्यालयमा उपस्थिति हुन म्याद दिइएको छ । पोखरा २७ को थापा स्टोर्समा ढक तराजु दर्ता र नवीकरण नगरेको, झोल साबुन र रसगुल्ला म्याद नाघेको फेला परेपछि नष्ट गरिएको छ । वडा नम्बर २७ कै डागन मार्ट प्रालिले पुँजी कम राखी राजस्व छलेको पाइएको अनुगमन समितिले जनाएको छ । सोही पसलबाट म्याद नाघेको कनफेक्स बरामद गरी नष्ट गरिएको छ । अनुगमनका क्रममा पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले पसल सञ्चालन गर्दा दर्ता गरेर वैधानिक रुपमा सञ्चालन गर्न वडावासीसँग आग्रह गरे । अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्की, गुणस्तर तथा नापतौल कार्यालय, वडाका जनप्रतिनिधि र उपभोक्ता मञ्च र पत्रकारको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width

Recent Posts