लेकसिटी कलेजमा कार्निभल

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
Lakecity 2

पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर, पोखराले कलेज परिसरमा शनिबार कार्निभल आयोजना गरेको छ । लेकसिटी कार्निभल नाम दिइएको कार्यक्रममा विभिन्न स्टलसहित रमाइला गतिविधि समेटिएको थियो । खुला सडकमा नाँच्ने, खाने, गाउने र रमाइलो गर्ने गरी आयोजित कार्यक्रमलाई कार्निभल भनिन्छ ।

कार्निभलमा शैक्षिक परामर्श, खाना र पेयपदार्थ, गीतसंगीत, फेसन सो जस्ता गतिविधि समेत समावेश थिए ।

सानो संसार नामक विद्यार्थीको बुटिक पसलका कपडा विद्यार्थी मोडलले पहिरिएका थिए । लाइभ स्केचिङ, हस्तकला र मानसिक स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गर्ने स्टल पनि कार्निभलमा राखिएको थियो । ६ स्टल रहेको कार्निभलमा लक्ष्य ब्यान्डको प्रस्तुति समेत थियो ।

कलेजको व्यवस्थापन संकायका संयोजक आमोद कोइरालाले आगामी वर्ष पनि यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको सुनाए ।

त्रिविबाट सम्बन्धन सो कलेजमा स्नातक तहअन्तर्गत बिबिएस, बिएसडब्लू (समाजसेवा) र बिएमा समाजशास्त्र, पत्रकारिता तथा आमसंचार र अंग्रेजी साहित्यको पठनपाठन हुँदै आएको छ । पोखरा ४, गैह्रापाटनस्थित कलेजको स्थापना सन् २००७ मा भएको हो । गुणस्तरीय र व्यावहारिक शिक्षामा आफूहरुले जोड दिंदै आएको कलेजको दाबी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै