तनहुँमा बास्केटबल लगिने

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७९
nsjf

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल प्रतियोगिता तनहुँमा हुने भएकोे छ । गण्डकीका ११ जिल्लामध्ये यसअघि ७ जिल्लालाई मात्र समेटेर खेल तालिका सार्वजनिक गरिएकोमा जिल्लावासीको मागअनुरुप अन्ततः समेटिने भएको हो ।

राखेप बोर्ड सदस्य एवं नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल मैदान व्यवस्थापन समिति संयोजक राजेशकुमार गुरुङले पोखरामा आयोजित एक कार्यक्रममा सो कुराको जानकारी दिएका हुन् ।

गत साता सार्वजनिक खेलस्थल तालिका सार्वजनिकमा गण्डकीका तनहुँसहित मनाङ, मुस्ताङ र लमजुङबाहेकका ७ जिल्लामा मात्र खेल खेलाउने भनिएको थियो । कम्तीमा एक जिल्ला एक खेल पु¥याउने रणनीति भए पनि हिमालपारीका जिल्ला मनाङ र मुस्ताङ तथा लमजुङमा बाटो समस्या एवं प्राविधिक कारणले सम्भव नभएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ बताउँछन् ।

यसअघि तनहुँ जिल्लावासीको गुनासो सम्बोधन गर्न सोमबार परिषद् बोर्ड सदस्य गुरुङ दमौली पुगेका थिए । उनले त्यहाँ गण्डकी प्रदेशका पूर्व मन्त्री हरिबहादुर चुमान, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने सहितको उपस्थितिमा छलफल गरेका थिए । ब्यासस्थित निर्मल मावि प्रांगणमा बास्केटबल कोर्टमा केही भौतिक पूर्वाधार थप गरी खेल सञ्चालन गर्न उपयुुक्त हुने निष्कर्ष निकालिएको थियो । मेयर न्यौपानेले पनि मैदान व्यवस्थापनको लागि आवश्यक प्रबन्ध नगरपालिकाले मिलाउने प्रतिबद्धता जनाए । साथै, जिल्ला खेलकुद विकास समिति तनहुँ अध्यक्ष अनिल पाण्डेले स्थानीय सरकार लगायतको सहयोगमा तनहुँ खेल सञ्चालन गर्न तयार रहेको बताए ।

नवौं राष्ट्रिय खेलकुद लक्षित गरी प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम सुरु

आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकीमा हुने राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेल हुँदैछन् । तीमध्ये अधिकांश खेल पोखरा केन्द्रित छन् ।

यसैबीच, राखेपको आयोजना तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनमा मंगलबारदेखि राष्ट्रिय खेलकुदलक्षित गरी प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । २ दिनसम्म चल्ने तालिममा गण्डकीका विभिन्न मिडियाको प्रतिनिधित्व हुने गरी ७० जना पत्रकारको सहभागिता छ ।

तालिम उद्घाटन समारोहमा राखेप बोर्ड सदस्य गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले प्रतियोगितासम्बन्धी गतिविधि आमसर्वसाधरणमाझ पु¥याउन सञ्चारकर्मीबाट निरन्तर साथ पाउने विश्वास गरे ।

तालिम संयोजक एवं मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा मञ्च गण्डकीका संस्थापक अध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ, पत्रकार महासंघ मनाङ अध्यक्ष नवीन लामिछाने, पत्रकार महासंघ कास्की कोषाध्यक्ष कृष्ण दवाडी, मञ्च उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width